विपन्न समुदायका खेलाडीलाई राहत

अन‌ि यो पनि

रत्ननगर । चितवन तेक्वान्दो डोजाङले अतिविपन्न परिवारका खेलाडीलाई राहत वितरण गरेको छ । हाल जापानमा रहेका डोजाङका संस्थापक प्रमुख कृष्ण चौधरीको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो ।

२० जना खेलाडीलाई जनही २५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, २ किलो नुन, ४ किलो आलु र १ किलो प्याज वितरण गरिएको चितवन तेक्वान्दो डोजाङका अध्यक्ष रोशन खानले जानकारी दिए । लकडाउनका कारण समस्यामा परेका अतिविपन्न परिवारका खेलाडीहरुलाई राहत प्रदान गरिएको अध्यक्ष खानले बताए ।

समाजसेवी टीकादेवी नेपाल प्रमुख अतिथि रहेको राहत वितरण कार्यक्रममा डोजाङका सिनियर खेलाडीहरु कृष्ण चौधरी, सुनिल सिंह ठकुरी, इन्द्रराज चौधरी, डोजाङका सल्लाहकार एसान अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन सिनियर खेलाडी शैलेस श्रेष्ठले गरेका थिए भने सागर मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया