लकडाउन असर : राजस्व संकलनमा कमी

अन‌ि यो पनि

–तुलमान गुरूङ
भरतपुर । भरतपुर महानगरपालिकाले यसवर्ष लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसक्ने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले विगत तीन महिनादेखि ‘लकडाउन’ जारी राखेपछि त्यसको असर राजस्व संकलनमा परेको हो ।

भरतपुर महानगरपालिकामा तथ्याङ्क हेर्ने हो भने जेठ मसान्तसम्ममा जम्मा ७१ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ । महानगरको लक्ष्यअनुसार चालू आर्थिक वर्षमा एक अर्ब ११ करोड रूपैयाँ राजस्व उठाउनुपर्ने थियो । तर, लकडाउनका कारण उक्त लक्ष्य भेट्टाउन सकिने सम्भावना नरहेको राजस्व शाखा प्रमुख अनुज घिमिरेले जानकारी दिए ।

‘अब असार महिनाभरिमा बढी उठे दस करोड रूपैयाँ थपिन सक्छ’, उनले भने, ‘त्यति उठाएर लक्ष्य भेटिँदैन ।’ उनका अनुसार यसवर्ष जेठ मसान्तसम्ममा सबैभन्दा धेरै घर बहाल कर उठेको छ । घर बहाल करमार्फत चार करोड ६७ लाख रूपैयाँ राजस्व उठेको छ । त्यस्तै, व्यावसायिक कर चार करोड १८ लाख, सम्पत्ति कर तीन करोड ६८ लाख उठेको छ भने भूमि कर जम्मा दुई करोड ६३ लाख रूपैयाँ संकलन भएको छ । महानगरमा सबैभन्दा धेरै कर संकलन हुने शीर्षक यिनै हुन् ।

प्रायः हरेक वर्ष पहिलो र दोस्रोको तुलनामा तेस्रो चौमासिकमा कर संकलन हुने गर्छ । ४० प्रतिशत कर तेस्रो चौमासिकमा मात्रै संकलन हुने गरेको उनले बताए । ‘प्रायः कर उठ्ने समय भनेको हरेक वर्ष तेस्रो चौमासिकमा हो’, उनले भने, ‘तर यो वर्ष तेस्रो चौमासिकमै लकडाउन भइदिएपछि त्यसको प्रत्यक्ष असर कर संकलनमा परेको हो ।’ यो वर्ष लक्ष्यअनुसारको कर उठ्न नसकेपछि आउँदो आर्थिक वर्षको विकास बजेट स्वतः कम हुने उनले बताए । ‘लक्ष्यअनुसारको कर संकलन गर्न नसकेपछि विकास बजेट यसै पनि कम हुने नै भयो’, उनले भने ।

गत आर्थिक वर्षमा लक्ष्यभन्दा धेरै कर संकलन भएको थियो । महानगरको राजस्व शाखाले जनाएअनुसार गत आर्थिक वर्षमा महानगरले जम्मा ५६ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब चार करोड रूपैयाँ राजस्व संकलन भएको थियो । भरतपुर महानगरपालिकाले यही असार दोस्रो साता नगरसभा गर्ने तयारी गरेको छ । असार १० देखि १२ गतेसम्ममा नगरसभा गर्न सार्वजनिक सूचना नै जारी भइसकेको घिमिरेले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया