ग्रीन हाउस र थोपा सिंचाइको सकियो निर्माण कार्य

अन‌ि यो पनि

–रामशरण गैरे
जगतपुर । पश्चिम चितवनको भरतपुर महानगर–२४ स्थित केरूङ्गा सामूहिक तरकारी कृषि फार्मको ग्रीन हाउस र थोपा सिंचाइ आयोजना निर्माण कार्य सम्पन्न भएको छ । कृषि विकास निर्देशनालयको लागत सहभागितामा एकीकृत कृषि मोडल फार्म स्थापनाका लागि आव २०७६/०७७ अन्तर्गत यस ग्रीन हाउस निर्माण र थोपा सिंचाइ आयोजना निर्माण कार्य सम्पन्न भएको हो ।

कृषि विकास निर्देशनालयको लागत सहभागितामा २ करोड ७६ लाख ८० हजार १ सय २३ कुल लागतमा केरूङ्गा सामूहिक तरकारी कृषि फार्मको ग्रीन हाउस निर्माण, ५ बिगाहामा थोपा सिंचाइ आयोजना निर्माण कार्य सम्पन्न हुनुका साथै संस्थाको कार्यव्यवस्थापन भवन पहिलो तला ढलान, तरकारी संकलन केन्द्र भवन निर्माण, साथै मल भण्डार भवनको निर्माण कार्य भैरहेको फार्मका संरक्षक तथा भरतपुर महानगरपालिका–२४ का वडाध्यक्ष कान्छा मल्लले बताए ।

सम्पन्न भएका योजनाहरु केरूङ्गा सामूहिक कृषि फार्मलाई हस्तान्तरण भएको बताउँदै वडाध्यक्ष मल्लले एकीकृत कृषि मोडल फार्म स्थापनाका लागि आव २०७६÷०७७ अन्तर्गत यस केरूङ्गा सामूहिक तरकारी कृषि फार्मका निम्ति अनुदानग्राहीको लागत १ करोड ७८ लाख १३ हजार ८ सय ९९ र अनुदान लागत ९८ लाख ६६ हजार २ सय २४ गरी परियोजनाको कुल लागत २ करोड ७६ लाख ८० हजार १ सय २३ मध्ये ३७ लाख ३८ हजार ६ सय ५० लागतमा ग्रीन हाउस निर्माण र थोपा सिंचाइ आयोजनाको काम पूरा भएको बताए ।

पश्चिम चितवनको जगतपुरमा ६२ बिगाहा जमिनमा भरतपुर महानगरपालिका–२४ का किसानहरुले केरूङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थामार्फत केरूङ्गा सामूहिक तरकारी कृषि फार्म खोलेर सामूहिक खेती गरिरहेका छन् । चितवनमा तरकारीखेतीमा प्रसिद्ध रहँदै आएको पश्चिम चितवनमा केरूङ्गा ताजा तरकारी सहकारीले सामूहिक तरकारीखेतीको अवधारणा ल्याएको हो ।

सामूहिक खेती गर्न प्रतिबिगाहा वार्षिक ४० हजार रूपैयाँका दरले पाँच वर्षका लागि जग्गा भाडामा लिइएको हो । १२ बिगाहामा सामूहिक तरकारीखेती गर्दा सफल भएपछि उत्साही भएर ५० बिगाहा थपेको वडाध्यक्ष मल्लले बताए । ठूलो परिमाणको तरकारीखेतीका लागि पानी अपुग भएपछि पाँच ठाउँमा बोरिङ गाडिएको उनले बताए । १०० प्रतिशत अर्गानिक तरकारी फलाउने लक्ष्यसहित आफूहरु यस कार्यमा जुटेको उनको भनाइ छ । किसानका खेतबाट तरकारी जम्मा पारी प्याकिङ गरेरमात्रै उपभोक्ताको भान्सासम्म पु¥याउने उनले बताए ।

२०५९ सालमा खुलेको केरूङ्गा सहकारी संस्थामा ४५० जना किसान सदस्य रहेका छन् । स्थानीय ९६ जना शेयरधनीले २० हजारदेखि एक लाख रूपैयाँसम्मको शेयर लगानी गरेर केरूङ्गा सामूहिक तरकारी कृषि फार्म सञ्चालन गरिएको र वार्षिक प्रतिकट्ठा ७२ हजार रूपैयाँको दरमा जग्गा भाडामा लिएर तरकारीखेती गरिएको उनले बताए ।

पश्चिम चितवनलाई तरकारीको पकेट क्षेत्रका रुपमा लिइन्छ । अझ भरतपुर–२४ त तरकारी उत्पादनको केन्द्र नै हो, जहाँ केरूङ्गा सहकारी क्रियाशील छ । युवा सहभागितामा देशकै नमुना अर्गानिक कृषि फार्म बनाउने काम केरूङ्गा सहकारीले गरिरहेको उनले बताए । सहकारीले तरकारी संकलन र बिक्रीमा बिचौलियाबाट किसानलाई ठग्न नदिने वडाध्यक्ष मल्ल बताउँछन् ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया