भत्ता बुझेको पैसाले अपाङ्गलाई राहत

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर–७, पडेरियाकी एक जना एकल महिलाले नेपाल सरकारले प्रदान गरेको भत्ताबापतको पैसाले अपाङ्ग तथा गरिबहरुलाई राहत प्रदान गरेकी छन् ।

एकल महिला सीताकुमारी गौतमले एकल महिलालाई सरकारले दिने भत्ता र भैँसीको दूध बेचेर संकलन भएको पैसाले अपाङ्गता भएका व्यक्ति, गरिब तथा ज्येष्ठ नागरिक गरी १० जनालाई राहत प्रदान गरेकी हुन् ।

बन्दाबन्दीको चेपुवामा परेर अन्न खरिद गर्न नसकेका उनीहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा जनही ३० किलो चामल, एक किलो नुन, एक लिटर तेल, जुस र बिस्कुट प्रदान गरिएको नगरपालिकाकी शिक्षा शाखाकी कर्मचारी अम्बिका गौतमले जानकारी दिइन् ।
दूध खान पालेको भैँसीको दूध बेचेको र सरकारले दिएको भत्ता रकम जम्मा गरेको पैसाले राहत दिएको सीताकुमारी गौतमले बताइन् । ‘पैसा बैंकमा राखेर के गर्नु’, उनले भनिन्, ‘मैले जोडेको पैसा गरिबलाई खानेकुरा दिँदा उनीहरुको आत्माले शान्ति मिल्छ र मलाई यसैमा आनन्द लाग्छ ।’

राहत हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष राजन भट्टले सीता दिदी वडाभित्रकै उदाहरणीय व्यक्तित्व रहेको बताए । ‘गरिबलाई खोजी खोजी खानेकुरा दिने मान्छे कमै हुन्छन्’, उनले भने, ‘ती कमै मान्छेहरुको लिस्टमा सीता दिदी एक नम्बरमा पर्नुहुन्छ ।’

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया