घर पठाइएको भोलिपल्ट कोरोना पोजेटिभ

अन‌ि यो पनि

रामकुमार श्रेष्ठ
नवलपरासी । पश्चिम नवलपरासीमा जनप्रतिनिधि, स्वास्थ्य प्रमुखलगायतले आइसोलेसनबाट खादा ओढाएर बिहीबार बिदाइ गरिएका सात जनामा शुक्रबार कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

उनीहरु सबै पाल्हीनन्दन गाउँपालिकाका हुन् । त्यसैगरी क्वारेन्टाइनमा बसेर आरडिटी परीक्षण गर्दा नेगेटिभ आएर बिदाइ गरिएका अर्का एक जनामा पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । उनी पनि पाल्हीनन्दन गाउँपालिकाका हुन् ।

स्वाब संकलनका क्रममा पोजेटिभ देखिएपछि उनीहरुलाई पुनः पाल्ही प्राथमिक स्वास्थ्यकेन्द्रको आइसोलेसनमा पठाइएको थियो । आइसोलेनमा बसेका उनीहरुको पुनः स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । १४ दिन आइसोलेसनमा बसेका उनीहरुलाई रिपोर्ट नआउँदै घर पठाइएको हो ।

शुक्रबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । ‘आइसोलेसनमा बसेकाहरुलाई परीक्षण नगरी घर पठाउने आदेश छ, तर पनि हामीले उनीहरुको स्वाब संकलन गरेर पठाएका थियौँ । रिपोर्ट नआउँदै घर पठाइएका उनीहरुमा पुनः पोजेटिभ देखियो’ ढकालले भने ।

प्रमुख ढकालले उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने बताए । संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए । पाल्हीनन्दनमा मात्र संक्रमितको संख्या १२ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया