कोरोना

अन‌ि यो पनि

–सिर्जन अविरल
प्रिय कवि !
तपाईंले लेखिरहेको भन्दा
अलग छ मृत्युको कविता
तपाईंले टेलिभिजनमा हेरिरहेको भन्दा
अलग सुनिन्छ संसारको आवाज
अज्ञात रहस्य छोडेर गएको छ वैज्ञानिक
आफ्नै जीवनसँग हारेको छ डाक्टर ।

संसार हिँडिरहेछ अँध्यारो बाटोबाट
जीवन र मृत्युलाई एकैपटक देखेपछि
डराएको हुनुपर्छ
कथित सभ्यताले उज्यालोसँग
शक्तिको उन्मादमा हराएको
संसार या कामदार
मारिरहेका प्रत्येक मालिक
अचानक झस्किएको हुनुपर्छ
शाश्वत मृत्युसँग
एकाएक पसेको छ संसार
मृत्युको सुरूङभित्र
अनन्त सम्भावना र समयलाई
धारिलो प्रश्न गर्दै
गएको छ वैज्ञानिक
अनेक प्रश्न नै प्रश्नहरु छाडेर
सोचिरहेछु–
मानवता बिर्सिएर
कि त कुनै
सभ्यता नै थिएन संसारसँग
कि त अहंको
पर्खालबाट देखिएन बाँकी दुनियाँ
सायद सभ्यताको गजुरबाट
सोचिबस्यो कसैले साँघुरो कुरा !
कि त मनको साँघुरो बाटो हिँडेर
छाम्न खोज्यो फराकिलो आकास ?
कि त बुझ्नै सकेन
समयको आवाज ।

समयको चेपमा अड्किएको छ सभ्यता
जीवनको सलेदो निभाएर
हिँडिरहेको छ मानिस
सहर छाडेर जङ्गलतिर
युद्धको इतिहासजस्तै
अझै अँध्यारो छ संसारको समय
रहस्यमय छ पृथ्वी
अझ रहस्यमय छ कोरोना
एउटै प्रश्न छ समयलाई
किन मौन छ समयको क्यालेन्डर ?
राजनीतिजस्तै नबुझिने रहस्य छ मृत्युमा
अगणित हिसाबको
गहिरो कुरा छ फैलिएको त्रासमा
चुहिएको छ
वैज्ञानिकको आँखाबाट आँसु
अब कहाँ छ अहंको पर्खाल ?
सकिएको छ राजनीति
सकिएको छ अभिमान
सकिएको छ सिमाना
मात्र बाँकी छ मानवता
बाँकी छ जीवन र शाश्वत मृत्यु ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया