पोजेटिभ रिपोर्ट

अन‌ि यो पनि

—रचना शर्मा
कोरोना भाइरसले संसारभर करोडौँको संख्यामा संक्रमित भएपछि जताततै सरकारद्वारा निश्चित समयका लागि लकडाउन घोषणा गर्नुप¥यो । सबै परिवार आआफ्ना घरमा लकडाउन भएर कोठाका क्वारेन्टाइनमा बस्न बाध्य भए ।

गृहलक्ष्मी र नारायणको पनि त्यही अवस्था थियो । सधैँ गृह कलहले गुन्जिने घर । एउटा सिंह राशी र अर्की मेष । सिंहले मेषलाई झम्टिरहन खोज्ने । वर्षौंदेखिको यस्तै परिस्थिति थियो उनीहरुको । लकडाउनले त झनै मुस्किल अवस्थामा पा¥यो । दिन कटाउन सा¥है गा¥हो भएपछि मन नलागी नलागी भए पनि झुक्न थालेका थिए एकअर्कासँग ।

महिनादिन पुग्दा पनि लकडाउन खुलेन । उता, अचानक गाउँमा गृहलक्ष्मीका हजुरबा बिते । लकडाउन भएकोले एकछिन डराइडराइ भए पनि उनीहरु मृतस्थल पुगे । अन्तिम संस्कार सकिएपछि घर फर्किए ।

भोलिपल्ट नै उनलाई हल्का ज्वरोले भेट्यो । सिटामोल खाइन् । उल्टै थकान महसुस भयो । खोकी सुरू भो । ज्वरो बढ्दै गयो । रिंगटा लागेजस्तो भयो । सधैँ फेसबुकमा आएका सूचनाअनुसार कोरोनाका लक्षण मिल्दोजुल्दो भयो ।
घरमा त्रास बढ्न थालेपछि वरिपरिका निजी अस्पतालले उपचार गर्न असहमति जनाएकोले सरकारी हेलिकप्टरद्वारा परिवार सबैलाई टेकु अस्पताल पु¥याइयो ।

सबैभन्दा पहिला गृहलक्ष्मीलाई परीक्षण गरियो । उत्तिखेरै रिपोर्ट आयो– ‘पोजेटिभ’ । डाक्टरले पोजेटिभ रिपोर्ट आएको छ भन्नासाथ सबै गलेका सागझैँ भए । पुनः उनीहरुका परिवारलाई त्यही हेलिकप्टरद्वारा घर फर्काइयो ।
स्वास्थ्यकर्मीहरुले अन्त्यमा भने– ‘नआत्तिनुहोस्, रिपोर्ट पोजेटिभ आएको छ, तर प्रेग्नेन्सी रिपोर्ट रहेछ ।’

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया