रत्ननगर । चैनपुरस्थित कंकाली सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ । आगलागीबाट करिब २०० हेक्टर क्षेत्रफलको वन डढेर सखाप भएको स्थानीय उपभोक्ताले बताएका छन् ।
शुक्रबार रातिदेखि लागेको आगो शनिबार नियन्त्रणमा आएको थियो । आगो निभाउन सशस्त्र प्रहरी, स्थानीयवासी र उपभोक्ता खटिएका सामुदायिक वनका उपभोक्ता राजन अधिकारीले बताउनुभयो । आगोले वनको ठूलो क्षेत्रफलका बोटबिरुवा नष्ट पारेकोे वनका अध्यक्ष राममणि न्यौपानेले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल भोटिया बेस क्याम चैनपुरका प्रहरी नायब निरीक्षक राजकुमार तामाङको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीलगायत करिब ४०० स्थानीय उपभोक्ताले शनिबार बिहान ४ बजेबाट आगो नियन्त्रणको प्रयास जारी राखेका थिए । बस्तीबाट ८०० मिटर टाढाको सो वनमा काठ तस्करी वा सिकारीबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
Discussion about this post