निजगढ विमानस्थलको काम अगाडि बढ्दा भूमाफिया सक्रिय

अन‌ि यो पनि

दिपेन्द्र जयसवाल
बारा, असार ५ । बाराको निजगढमा द्रुतमार्ग निर्माणसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व तयारी तीव्र गतिमा अघि बढिरहँदा जग्गा जमिनको कारोबार आकाशिएको छ। यहाँको जग्गा, जमिनको भाउ आकाशिएसँगै भूमाफिया गिरोह पनि दिनानुदिन सक्रिय भइरहेका छन्। निजगढ नगरपालिका वडा नं. ४ बागदेवस्थित बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको जमिन हडप्न भूमाफिया गिरोह सक्रिय भएको छ।

सो वन समूहको चुरे पहाड क्षेत्रको पेरुङ्गे खोल्सी पश्चिम देवर खोल्सी हुँदै दक्षिणतर्फको १ बिघा १६ कट्ठा १ धुर जमिनको जग्गाधनी प्रमाण पुर्जा बनाइ मकवानपुर साबिक आमभञ्याङ वडा नं.७ हाल काठमाडौं बस्दै आएका शम्भुप्रसाद घिमिरे र रामप्रसाद घिमिरेले आफ्नो नाउँमा दर्ता गराएको वन समूहले थाहा पाएको छ।

२०६२ सालमा वन समूह दर्ता भएको थियो र त्यसको ३ वर्षपछि २०६५ सालमा शम्भुप्रसाद घिमिरेले कित्ता नं. ५१८ को १ बिघा ४ कट्ठा १ धुर र २०६६ सालमा रामप्रसाद घिमिरेले कित्ता नं. ५१७ को ३ कट्ठा ८ धुर, कित्ता नं. ५१९ को ९ कट्ठा ७ धुर गरी कुल १ बिघा १७ कट्ठा १ धुर वन क्षेत्रको जमिनको जग्गाधनी प्रमाण पुर्जा बनाएको रहस्य खुलेको छ ।

आफ्नो हकभोगको सो क्षेत्रफलको जग्गा सामुदायिक वन क्षेत्रभित्र पारेको आरोप लगाउँदै विभिन्न सम्बन्धित निकायसँगै जग्गाको सिमाना छुट्याइ पाउँ भनी २०७४/०३/१३ गते बाघभैरव सामुदायिक वन उपभोक्ता समूह निजगढ बारालाई घिमिरेद्वयले निवेदन दिएपछि सो रहस्य बाहिर आएको हो। सो क्षेत्रमा अव्यवस्थित बसोवास गरेको जनाउँदै २०४४ सालमा तत्कालीन श्री ५ को सरकारले खाली गराइ वन क्षेत्र घोषणा गरेको थियो।

सोही क्षेत्रको जमिनबाट जग्गाधनी प्रमाण पुर्जा निकालेपछि किर्ते गरेको रहस्य खुलेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन लामिछानेले जानकारी दिए । वन क्षेत्रको जमिनको पुर्जा बनाउन सहयोग गर्ने गिरोहसमेतलाई कानूनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने भन्दै सो वन समूहले सार्वजनिक, सरकारी तथा गुठी जग्गा छानबिन आयोग काठमाडौं र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय काठमाडौंमा लिखित निवेदन दिएको अध्यक्ष लामिछानेले बताएका छन्। हामीले २०७६/०४/०७ गते सामुदायिक वन समूहको तर्फबाट लिखित निवेदन दिइसकेका छौं। वन समूहको पक्षमा सो वन क्षेत्र आउनेमा आफू आशावादी छु अध्यक्ष लामिछानेले भने।

निजगढका एकजना स्थानीय पनि जग्गा विवाद मिलाइदिनुपर्यो भनेर आएका तर सामुदायिक वन समूहको जमिन वनले नै फिर्ता लिने जवाफ दिएर फर्काइदिएको वन समूहका उपाध्यक्ष रुद्र तिमल्सिनाले बताए। भूमाफियाले हडप्न लागेको सो वन क्षेत्रमा अहिले खयरको रूख ४०/५० लाख मूल्य बराबरको छ भने साल, सिसौंलगायत अन्य प्रजातिका लाखौं मूल्य पर्ने रूखहरू छन्।

२०३५ सालदेखि त्यहाँ बसोवास गरेको र तत्कालीन वनमन्त्री हेमबहादुर मल्लको पालामा चुरेको माथिल्लो भेगमा रहेका घरटहरामा आगो लगाएर खेदेपछि अन्यत्र गएको शम्भुप्रसाद घिमिरेले फोन सम्पर्कमा बताए। आफ्नो नाउँमा कहींकतै एक टुक्रा पनि जग्गा जमिन नभएकोले सरकारले व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ।

रामप्रसादले भने नाताले दाजु पर्ने शम्भुप्रसादसँग त्यसै बेला २५ लाखमा दुई कित्ता जग्गा १२ कट्ठा १५ धुर किनेको बताउँछन्। सो जग्गामध्ये बाघभैरव सामुदायिक वन उपभोक्ता समूहले आफ्नो नाउँको जग्गा वन क्षेत्रले कब्जा गरी उपभोग गर्न नदिएको भन्दै सम्बद्ध विभिन्न निकायमा शम्भुप्रसाद घिमिरे र रामप्रसाद घिमिरेले निवेदन दिई जग्गा छुट्याइदिन माग गरेपछि यो रहस्य बाहिर आएको हो।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया