नवलपुरमा एकैदिन ३१ जना नयाँ संक्रमित

अन‌ि यो पनि

–रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीमा बिहीबार ३१ जना नयाँ संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयअनुसार नवलपुरमा मध्यविन्दु नगरपालिकाका १७ जना पुरूष, गैँडाकोट नगरपालिकाका १ जना पुरूष, हुप्सेकोट गाउँपालिकाका ९ जना पुरूष र विनयी त्रिवेणी गाउँपालिकाका ४ जना पुरूष गरी ३१ जनामा संक्रमण देखिएको हो । यससँगै नवलपुरमा संक्रमितको संख्या ९७ पुगेको छ ।
मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका १७ जना सबै भारतबाट आएका हुन् । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोख्रेलका अनुसार उनीहरु भारतको पञ्जाब, सिमला, रत्नगिरी, मुम्बई, हैदरावादबाट आएका हुन् ।
मध्यविन्दु नगरपालिकाको मध्यविन्दु–६ मा १ जना ४५ वर्षीय पुरूष, मध्यविन्दु–७ मा २१ र ४० वर्षका गरी २ जना पुरूष, मध्यविन्दु–८ मा २३ वर्षीय एक जना पुरूष, मध्यविन्दु–९ मा २३ वर्षीय एक जना पुरूषमा संक्रमण देखिएको हो । त्यसैगरी, मध्यविन्दु–१३ मा ३०, ३५, १८, २५, ३४, २५, १९, १७, ३९, ३२, ४३ र २० वर्षीय पुरूषमा संक्रमण देखिएको हो ।
उनीहरुलाई बिहीबार बिहान नै प्राकृतिक चिकित्सालय रजहरमा उपचारका लागि लगिएको पोख्रेलले बताए । उनीहरुको अवस्था सामान्य रहेको समेत जनाइएको छ ।
त्यसैगरी, हुप्सेकोट गाउँपालिकाको २९, २०, ३९, १९, ३०, ३३, ४०, २९, २९ वर्षीय पुरूषमा संक्रमण देखिएको हो । त्यस्तै, विनयी त्रिवेणीको २३, २६, ३१ र ३५ वर्षीय पुरूषमा संक्रमण देखिएको हो । उनीहरु सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि पठाउने तयारी भएको छ ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया