११औँ वर्षमा कृषि तथा वनविज्ञान विश्वविद्यालय

अन‌ि यो पनि

रामपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले बिहीबार १० औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम एक कार्यक्रमका बीच मनाएको छ । उपकुलपति प्राडा शारदा थपलियाको विशेष उपस्थितिमा रामपुरस्थित कृषि संकायको परिसरमा दीपावली गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
वार्षिकोत्सवको अवसर पारेर बिहीबारबाट विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरुलाई सोसम्बन्धी तालिम सुरू भइसकेको जनाउँदै आज शुक्रबारबाट अनलाइन पठनपाठन पनि क्रमशः सुरू हुँदै जाने जानकारी पनि सो अवसरमा दिइयो ।
कार्यक्रममा कृषि संकायका डिन प्राध्यापक डा कल्याणी मिश्र त्रिपाठी, प्राध्यापकहरु, विभिन्न निर्देशनालयका निर्देशकहरु, सहायक डिन प्रा डा विष्णुराज ओझा, विभागीय प्रमुखहरु, विश्वविद्यालयका कर्मचारी, प्रमुख तथा प्रशासक बुद्धि ढुंगानालगायत अन्य कर्मचारीहरुको विशेष उपस्थिति रहेको थियो ।
यसैबीच बिहीबारै बिहान कृषि संकायले सरसफाइ कार्यक्रम सम्पन्न ग¥यो भने पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले वृक्षरोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया