हेटौँडा अस्पताललाई ५० सेट बेड सहयोग

अन‌ि यो पनि

हेटौँडा । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने लक्ष्य राखेको प्रदेश राजधानीको सबैभन्दा ठूलो अस्पताल हेटौँडा अस्पताललाई ५० सेट बेड सहयोग भएको छ ।
हेटौँडा अस्पतालको अन्तरङ्ग सेवा तथा कोरोना त्रासको कारण सञ्चालनमा आएको आइसोलेसन वार्डमा प्रयोग गर्नका लागि लिसा हिमालय इभी नामक गैरसरकारी दातृ संस्थाले बागमती सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाई १८ लाख ३८ हजार रूपैयाँबराबरको ५० सेट हस्पिटल बेड, बेड म्याट्रेसलगायतका सामग्रीहरु हस्तान्तरण गरेको छ ।
सो अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा अस्पताललाई ३ सय बेडको सुविधासम्पन्न अस्पताल बनाउने लक्ष्यमा यो सहयोग सामग्रीले थप ऊर्जा मिलेको बताउँदै संस्थाप्रति आभार व्यक्त गरेका छन् ।
लिसा हिमालय इभीकी अध्यक्ष डानियला जारिगले हेटौँडा अस्पताललाई सहयोेग सामग्री हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताइन् । हस्तान्तरण गरिएको हस्पिटल बेड, बेड म्याट्रेसको प्रयोगबाट हेटौँडा अस्पतालले सेवाग्राहीहरुलाई दिइने स्वास्थ्य उपचार सेवामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, डा. प्रवीण श्रेष्ठलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया