मोहोरी ड्याम जीर्णहुँदा बाढीको खतरा

अन‌ि यो पनि

दिपेन्द्र जयसवाल
बारा, असार ४ । बाराको निजगढ नगरपालिका–४ बागदेवस्थित मोहोरीमा पुरानो ड्याम दुई स्थानमा जीर्ण भई भत्किदै गएको छ। बर्सेनि बाढीले कटान गर्दा ड्यामको १२ भन्दा बढी स्थान अति कमजोर भइसकेको छ। पुरानो ड्यामको बेलैमा मर्मत सम्भार हुन नसक्दा वर्षायाममा फुट्ने क्रम बढ्दै गएको हो।

पुरानो ड्यामको तारजाली जीर्ण भई चुडिएकोले बितेको चार पाँच वर्षयतादेखि सो क्षेत्र उच्च जोखिममा पर्दै आइरहेको छ। सो क्षेत्रबाट नदीजन्य पदार्थ बर्सेनि ठेक्कामार्फत् उत्खनन भइरहेको छ। जसको कारण खोला गहिरिएर ड्यामको तारजाली चुँडिने र भत्किने भएपनि सोको मर्मत सम्भारतर्फ भने सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीय हस्तबहादुर कार्कीले बताए ।

द्रुर्तमार्ग निर्माणका लागि निजगढमा खटिएका नेपाली सेनाको सडक निर्माण कार्यदल सुरक्षा बेस क्याम्प बागदेवले थप ड्याममा क्षति नहोस् भनेर खोलाको बहावलाई पश्चिमतर्फ बग्ने गरी च्यानालाइज्ड गरिएको छ। उक्त च्यानालाइज्डबाट सानो बाढीको बहाव फर्किए पनि ठूलो बाढी आउँदा पुरानै धारमा खोला जाने तथा ड्यामलाई कटान गर्दै भत्कने फुट्ने सम्भावना अधिक रहेको स्थानीय युवा सागर गौतमले बताए।

ड्याम भत्किएमा दुई हजारभन्दा बढी घरधुरीसँगै खेतीयोग्य जमिन र संरक्षित वन क्षेत्रमा समेत क्षति पुग्ने बागभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन लामिछानेले बताए।

चुरे संरक्षण कार्यक्रम अन्तर्गत निजगढ बकैया खोलाको तीन स्थानमा तटबन्ध गर्ने कार्यको ठेक्का लागे पनि सम्झौता हुन विलम्ब भइरहेको छ। हिउँदयाममा गर्नुपर्ने तटबन्ध ड्याम निर्माण र तारजाली भर्ने काम वर्षा लागेपछि गर्ने पुरानै शैली दोहोरिने क्रम जारी छ। निजगढको बकैया खोलाको मोहोरी खिला टोल र आर्यघाट आसपास गरी तीन स्थानमा जन्म भूमेश्वर निर्माण सेवा, काठमाडौं र आलमदेवी निर्माण सेवा सिमराले तटबन्ध गर्ने ठेक्का पाएका छन्।

तर काम गर्नेबारे सम्झौता अझै भइनसकेको ठेकेदार विजय तिमल्सिनाको भनाइ छ। वर्षायाम लागेपछि नदी नियन्त्रणको नाममा हतारहतार काम गर्ने र योजना तथा कामको गुणस्तर कमजोर बनाइ अनियमितता गर्ने चलन दोहोरिन लागेको भन्दै स्थानीय बासिन्दाले सतर्कता बढाउन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन ।

ड्याम कमजोर भई फुटेमा निजगढ वडा नं ४ बागदेव, कछडिया बस्ती हुँदै ५, ८, ९ नं वडामा समेत यसको प्रत्यक्ष असर पर्ने देखिएको छ। जसबाट १५ सयभन्दा बढी घरधुरी प्रभावित हुने र ठूलो परिमाणमा खेतीयोग्य जमिन बगेर हुन सक्ने देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया