धादिङ । धादिङको महादेवस्थान गाविस वडा नम्बर ७ लवाङका ५० बर्षिय कृष्णवहादुर तामाङको हत्या भएको छ । दिदीको अन्त्येष्टि कर्म (घेवा) का लागि घरमा जाँदै गर्दा तामाङलाई शुक्रबार राति महादेवस्थान गाविसको वडा नम्बर ७ लवाङनजिकै कुटपिट गरी भीरबाट लडाएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
हत्यामा संलग्न रहेको आशंकामा आठ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । घटनास्थल दक्षिणी धादिङको विकटमा रहेकाले घटनाको जानकारी पाउनासाथ महादेवस्थान प्रहरी चौकी, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
Discussion about this post