सौन्दर्यकला व्यवसायीले उवासंघलाई बुझाए ज्ञापन पत्र

अन‌ि यो पनि

भरतपुर । चितवनमा सौन्दर्यकला व्यवसायीहरुको संगठन चितवन ब्युटिपार्लर युनिटीले उद्योग वाणिज्य संघ चितवनलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनलाई खुकुलो बनाउँदै सरकारले अन्य व्यवसाय खुला गरे पनि सौन्दर्यकला व्यवसायीहरुलाई बन्देज लगाउँदा दैनिक जीविकोपार्जनमा समेत असर गरेको भनी सम्बन्धित निकायलाई पहल गर्नका लागि उद्योग वाणिज्य संघलाई ज्ञापन पत्र बुझाएको युनिटीका संस्थापक अध्यक्ष योगिता पियाले बताइन् ।

उद्योग वाणिज्य संघ चितवनको सचिवालयमा ज्ञापन पत्र बुझ्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण उद्योग व्यवसाय क्षेत्र अत्यन्त मर्माहत भएको बेला सरकारले तय गरेका मापदण्ड पूरा गर्दै कम जोखिम हुने खालका व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए । उनले यस विषयमा सम्बन्धित निकायमा तत्काल नै आवश्यक पहल गरिने बताए ।

ज्ञापन पत्र बुझाउँदै चितवन ब्युटिपार्लर युनिटीका अध्यक्ष मीना उप्रेतीले आयआर्जन नै ब्युटिपार्लर र सौन्दर्यजन्य व्यवसायमा आश्रित व्यवसायीको अवस्था दयनीय भएकोले आवश्यक पूर्वसावधानीसहित व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताइन् ।

उद्योग वाणिज्य संघ–चितवनको वस्तुगत सदस्यसमेत रहेको चितवन ब्युटिपार्लर युनिटीमा हाल करिब पाँच सयभन्दा बढी व्यवसायी आवद्ध रहेका संघका वरिष्ठ अधिकृत नीलबहादुर केसीले जानकारी दिए ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...