कोरोनाको जोखिममा सरकारी कार्यालय

अन‌ि यो पनि

भरतपुर । लकडाउन खुकुलो भएर सरकारी कार्यालयहरु समेत खुल्न थालेपछि कोरोनाको जोखिम बढेको छ । सेवाग्राहीहरुले सामाजिक दूरी कायम नगर्दा सरकारी कार्यालयहरु कोरोनाको जोखिममा परेका छन् । सामाजिक दूरी पालना नहुँदा कोरोना संक्रमण भयावह हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

दुई सिफ्टमा कार्यालयहरु खुल्ने भनिए पनि विभिन्न सेवा लिन तथा कर तिर्न सेवाग्राहीहरुको भीड लाग्ने गरेको छ । प्रशासनिक सेवा दिने जिल्ला प्रशासन कार्यालयदेखि कर असुली गर्ने यातायात व्यवस्था सेवा कार्यालयसम्ममा सेवाग्राहीको भीड बढेको छ ।

‘सेवाग्राही सचेत छैनन्, अब कोरोना समुदायस्तरमा फैलने प्रमुख कारण सरकारी कार्यालयहरु हुने पक्का छ’, यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख सुवास उप्रेतीले भने, ‘हात धुनलाई गेटनेर नै पानी ट्याङ्की र साबुनको व्यवस्था गरेका छौँ, सामाजिक दूरीको मार्किङ गरेका छौँ तर पालना भएको छैन ।’ भीडका कारण गेट नै बन्द गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।

सरकारले समयमै विभिन्न कर र महसुल तिर्न करदाताहरुलाई ताकेता गरेपछि कार्यालयहरुमा सेवाग्राहीहरुको चाप बढेको हो । कोरोना रोकथामका लागि एकले अर्काेको स्वास्थ्यलाई ध्यान दिनुपर्ने उनले बताए । कर्मचारीहरु भने सुरक्षित भएर सेवा दिइरहेको उनको भनाइ छ ।

सरकारी प्रक्रिया र आफ्नै विभिन्न तनावले गर्दा सेवाग्राहीले सामाजिक दूरी कायम गर्नतर्फ ध्यान दिन नसकेको हुन सक्ने भरतपुर–७ की वसन्ती सुवेदी बताउँछिन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन पुगेकी उनले भनिन्, ‘सरकारी कागजी प्रक्रिया पूरा गर्न झन्झट छ, अरु तनाव पनि हुन सक्छ, त्यसले गर्दा मान्छेले सामाजिक दूरी नै भुल्छन् ।’

यातायातमा पनि दुई सिफ्ट

यातायात व्यवस्था सेवा कार्यालयले पनि दुई सिफ्टमा सेवा दिन थालेको छ । सीमित कर्मचारीका बाबजुद असार ३ गतेबाट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सेवा दिन थालिएको सेवा कार्यालय प्रमुख सुवास उप्रेतीले बताए ।

पहिलो सिफ्टमा दुईपाङ्ग्रे सवारीसाधनबाहेकका सवारीसँग सम्बन्धित कामहरु हुने र दोस्रो सिफ्टमा दुईपाङ्ग्रे सवारीसाधनसम्बन्धी कामहरु हुने उनले जानकारी दिए । सेवाग्राहीहरुको चाप केही कम होस् भनेर उपलब्ध थोरै कर्मचारीहरुलाई नै व्यवस्थापन गरेर दुई सिफ्टमा सेवा दिन थालिएको उनको भनाइ छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...