सार्वजनिक स्थानमा हात धुने व्यवस्था मिलाउँदै लायन्स

अन‌ि यो पनि

नारायणगढ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपाल एरिया नं ३ ले प्रविधिको उपयोग गर्दै वर्ष २०२०/२१ का लागि निर्वाचित अध्यक्ष तथा पदाधिकारीसँग अन्तरक्रिया तथा छलफल गरेको छ।

उक्त छलफलबाट चितवन र नवलपुरका विभिन्न स्थानमा साबुन पानीले हात धुने व्यवस्था गर्ने निर्णय गरेको छ। लायन वर्ष २०२०/२१ का प्रथम भाइस डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले चुनौतीका बीच कसरी काम गर्ने भन्ने सम्बन्धमा सहजीकरण गरेका थिए।

क्लबका अध्यक्ष एवं पदाधिकारीहरुलाई शुभ कामना व्यक्त गर्दै डिष्ट्रिकका पूर्व गर्भनर प्रभातकुमार जोशीले नेतृत्वमा बसेकाहरुले साथीभाइ तथा समाजले विश्वास गर्ने खालका कार्यक्रम गर्न सुझाब दिएका थिए।

कार्यक्रममा लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा गंगा सापकोटा, लायन्स क्लब अफ चितवन मिड टाउनका दिपक पराजुली, लायन्स क्लब अफ भरतपुर ग्रीन सिटीका अध्यक्ष गणेश कंडेललगायतले सावुन पानीले हात धुने कार्यक्रममा सहमति जनाउँदै सँगै मिलेर काम गर्ने प्रतिवद्धता जाहेर गरे।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...