मुग्लिन सडक एकतर्फी सञ्चालनमा, दुईतर्फी खुलाउने प्रयास जारी

अन‌ि यो पनि

नारायणगढ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरोका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्ड राति करिब १० बजेपछि एकतर्फी सञ्चालनमा आएको छ।

बिहानैदेखि पहिरो हटाउने प्रयास गर्दा करिब १५ घण्टापछि साँझ ७ बजेतिर एकतर्फी खुलाउन सफल भए पनि आधा घन्टा हुन नपाउँदै पानी परेपछि फेरि पहिरो बगेर बाटो पूर्णरुपमा बन्द भएको थियो।

त्यसपछिको प्रयासबाट भने राति १० बजेतिर एकतर्फी रुपमा साना सवारीसाधन छिर्न सक्ने गरी बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। इच्छाकामना गाउँपालिकाको वडा नं ६ मा पर्ने चारकिलोमा खसेको उक्त पहिरो हटाएर दुईतर्फी रुपमा सञ्चालन गर्न कम्तीमा पनि आज दिनभर लाग्ने उनले बताए।

अवरुद्ध राजमार्ग खुलाउन बुधबार पनि बिहानैदेखि दुईतर्फी रुपमा पाँच वटा डोजरको प्रयोग गरेको थियो। आज पनि अबको केहीबेर पछिबाट पहिरो हटाउने प्रहरी निरीक्षक तामाङले जानकारी दिए।

यो सडकखण्डको चारकिलो, जलबिरे, कालीखोला क्षेत्र पहिरोको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ। भौगोलिक वनावट नै कमजोर भएकोले वर्षाको समयमा मात्र नभई हिउँदको समयमा पनि सुख्खा पहिरो जाने गर्दछ।

तस्बिरः शिव खनाल, सूचना अधिकारी, मुग्लिन नारायणगढ सडक आयाेजना।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया