खैरहनी र गैँडाकोटका एक/एक जनामा कोरोना पुष्टि

अन‌ि यो पनि

चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा बुधबार परीक्षण गरिएका नमुनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पतालले दिएको सूचनाअनुसार चितवनको खैरहनी नगरपालिका ११ बस्ने वर्ष २२ का पुरुष, र नवलपुरको गैँडाकोट नगरपालिका १३ बस्ने वर्ष २८ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

बुधबार भरतपुर अस्पतालबाट ३३, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट ३४, चितवन मेडिकल कलेजबाट ८, पुरानो मेडिकल कलेजबाट ४, गुन्जमानसि‌ंह अस्पतालबाट ८, भरतपुर महानगरपालिकाबाट १०, खैरहनी नगरपालिकाबाट १६, गैँडाकोट नगरपालिकाबाट ३१ र अर्घाखाँचीबाट ६६ गरी २१० वटा नमुना परीक्षण भएको थियो।

तीमध्ये दुईवटा नमुनाको मात्रै पिसिआर परीक्षणमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया