डेरावालसँग मनलाग्दी महसुल नअसुल्न निर्देशन

अन‌ि यो पनि

चितवन । विद्युत् नियमन आयोगले डेरावालसँग मनलाग्दी महसुल असुल्न नदिन नेपाल विद्युत प्राधिरकणलाई निर्देशन दिएको छ । घरधनीहरूलाई भाडामा बस्नेसँग खपतका आधारमा तय भएको बिलको अधिकतम दरभन्दा बढी महसुल नउठाउने व्यवस्था गर्न प्राधिकरणलाई निर्देशन दिएको हो ।

आयोगले नयाँ महसुल दर जारी गरिसकेको छ । साथै, अयोगले प्राधिकरणलाई डेरावालाले नै आफ्नो मिटर र सबमिटर लिन सक्ने व्यवस्था गर्ने सम्बन्धमा एक अध्ययन गरी अर्काे महसुल निर्धारण गर्नुअगाडि नै पेश गर्न भनेको छ । अहिले अधिकांश घरबेटीहरूले विद्युत महसुल १५ रुपैयाँ प्रतियुनिटसम्म लिने गरेका छन् ।

जबकि प्राधिकरणको नयाँ महसुल दर न्युनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ । यसरी घरबेटीले महिनैपिच्छे बढी पैसा असुलिरहँदा पनि डेरावालले कुनै आपत्ति जनाउन सक्दैनन् ।

नयाँ महसुल दर यस्तो छ

विद्युत नियमन आयोगले असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरदर १० प्रतिशत विद्युत महसुल दर घटेको बताए । ५ एम्पियर लाइन लिएर न्युनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरूलाई बिजुली भने निः शुल्क दिइने भएको छ ।

५ एम्पियरको सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ । २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६ रुपैयाँ ५० पैसा प्रतियुनिट विद्युत महसुल हिसाब गरेर तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्नेछ ।

५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९ रुपैयाँ ५ पैसा प्रतियुनिट महसुल तिर्नुपर्ने भएको छ । त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९ रुपैयाँ ५० पैसा प्रतियुनिट शुल्क तिर्नुपर्ने भएको छ । १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ ।

२५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महसुल तिनुपर्ने हुन्छ । ४०० युनिटभन्दामाथि बिजुली खपत गर्ने घरायसी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियुनिट बिजुली महसुल तिर्नुपर्नेछ । आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म बिजुली लाइन लिँदा पनि खपतका आधारमा फरक÷फरक दर तोकेको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया