ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘वृद्धावस्था आउने कुरामा मलाई विश्वास छैन’ ः बालव्यास ईश्वरकृष्ण शास्त्री

by चितवन पोष्ट
२०७१ बैशाख ७, आईतवार ०२:४५ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

हरिहर दवाडी
नारायणगढस्थित नारायणी नदीकिनारमा आज वैशाख ७ गतेदेखि १८ गतेसम्म आयोजित हुँदै गरेको ‘धार्मिक महामहोत्सव’ को सन्दर्भलाई लिएर सो महामहोत्सवका मूल सङ्कल्पकर्ता एवम् महायज्ञका प्रमुख वाचक बालव्यास ईश्वरकृष्ण शास्त्रीसँग चितवन पोष्टका लागि गरिएको कुराकानी ः
१. धार्मिक महामहोत्सवको तयारी कस्तो चल्दै छ ?
— परमपावनी करोडौँ शालिग्राम स्नान गराई बगेकी किनारमा हुन गइरहेको विश्वमै पहिलो पटक एक हजार आठ शालिग्रामको एक करोड यज्ञ परिक्रमा गरिने र भारतको आस्था टेलिभिजनबाट विश्वभरि प्रत्यक्ष प्रसारण हुने श्रीमद्भागवत् विश्व जागरण शालग्राम धार्मिक महामहोत्सवको तयारी प्रचारात्मक अभियानका साथ उत्साहपूर्वक द्रुत गतिमा चलिरहेको छ । समग्र ओँकारमा आस्था राख्ने जनसमुदाय राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरु तथा प्रेमी भक्तजनहरुको सक्रियतामा महायज्ञलाई सफल बनाई नेपाल राष्ट्रको धार्मिक एवम् पर्यटकीय उन्नयन गर्ने लक्ष्यका साथ यज्ञको तयारी धमाधम भइरहेको छ ।
२. चितवनको नारायणी नदीकिनारलाई नै किन यज्ञस्थलका रुपमा चयन गर्नुभयो ?
— भगवान् शालिग्रामको उद्भव विश्वको एकमात्र स्थान नेपालको कालीगण्डकी नदीको तटमा भएका तथ्य र प्रमाणहरु शास्त्रहरुमा उल्लेख छन् र विश्वभरिमा केवल यही स्थानमा मात्र शालिग्राम पाउन सकिन्छ । विश्वमा हरेक हिन्दु मन्दिरमा  अनिवार्य रुपमा शालिग्रामको पूजन हुनैपर्ने मर्यादा छ । शालिग्रामको सेवा वैदिक सनातन धर्मावलम्बीले गर्नुपर्दछ । शास्त्रमा वर्णित भएअनुसार कलियुगको पाँच हजार वर्ष पूरा भइसकेपछि अन्य तीर्थहरुको मह¤व घटेर केवल शालिग्राम तीर्थको मात्र मह¤व बाँकी रहन्छ । देशविदेशका सयौँ तीर्थस्थलहरुमा हजारौँ पटक स्नान गरेको भन्दा बढी पुण्य एक पटक कालीगण्डकीमा स्नान गर्नाले प्राप्त हुन्छ । तसर्थ, पवित्र शालिग्राम स्नान गराएकी पावनी नारायणी नदीको तटलाई नै हाम्रो महायज्ञको उपयुक्त स्थलका रुपमा चयन गरिएको हो । हाम्रो यज्ञको मूल उद्देश्य नै शालिग्राम धरणी कालीगण्डकी नारायणी क्षेत्रलाई विश्वभर प्रकाशित र प्रचारित तुल्याउनु हो ।
३. वास्तवमा शालिग्रामको मह¤वचाहिँ के हो ?
— शालिग्राम साक्षात् भगवान् विष्णु अर्थात् नारायणका स्वरुप हुनुहुन्छ । हरेक मन्दिर र घरघरमा शालिग्रामको नित्य पूजन हुन्छ । भगवान्का अन्य मूर्तिहरुलाई आह्वान् एवम् प्राणप्रतिष्ठा गर्नुपर्दछ तर भगवान् शालिग्रामलाई केही गर्नुपर्दैन, उहाँ स्वयम् प्रकट हुनुहुन्छ । हाम्रो नेपालकी कालीगण्डकी साक्षात् भगवान् शालिग्रामलाई निरन्तर स्नान गराउँदै कलकल बगिरहेकी छन् । धन्य छन्, मातृभूमि नेपाल र धन्य छौँ हामी नेपालीहरु ।
४. यति धेरै मह¤व हुँदाहुँदै पनि यो शालग्राम क्षेत्र किन छायामा परेको होला ?
— शास्त्रमा प्रशस्त प्रमाणहरु भैकन तथा प्रत्यक्ष रुपमा कालीगण्डकीमा शालिग्राम उपलब्ध हुँदाहुँदै पनि समुचित प्रचारप्रसारको अभावमा यो क्षेत्र छायामा परेको हो जस्तो लाग्छ । वास्तवमा ‘नजिकको तीर्थ हेलाँ’ जस्तै भएको हो । आजभोलि जागरण बढिरहेको छ । अब, ढिलो नगरीकन नेपाल र वैदिक धर्मकै गौरव शालिग्राम र कालीगण्डकीको मह¤व जगाउने र विश्वसामु चिनाउने बेला भएको छ । विश्वभर आस्था टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर शालिग्रामको जननी नेपालको सन्देश विश्वभर पैmलाउनुछ । यो महायज्ञका माध्यमबाट संसारभरका अरबौँ वैदिक सनातन धर्मावलम्बी तथा आस्तिक व्यक्तिहरु शालिग्राम र नेपाल राष्ट्रको पहिचानबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो ध्येय छ । सबैको हृदयमा भगवान् शालिग्राम र नेपाल राष्ट्रप्रतिको आस्था अङ्कित होस् भन्ने हाम्रो चाहना छ ।
५. कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक भौतिक आवश्यकताको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
— जीवन नै सङ्घर्ष हो । सुरूवातमा केही अप्ठेरो अनुभूति भएको थियो, तर सत्कार्यमा भगवान्को साथ र सहयोग रहने भएकाले बिस्तारै बुद्धिजीवी, पत्रकार, सङ्घसंस्था, दाता र भक्तजन आदिको सहयोग र सद्भावमा तयारी तीव्रताका साथ अघि बढिरहेको छ । विभिन्न उपसमितिहरुमार्फत महायज्ञको तयारी एवम् प्रचारप्रसार भइरहेको छ । सबैभन्दा सन्तुष्टि र खुसीको कुरो युवाहरुको सहभागिता उल्लेखनीय रुपमा बढिरहेको छ ।
६. युवावस्थामै अध्यात्म र धर्मको क्षेत्रमा तपाईं यसरी सक्रिय हुनुको कारणचाहिँ के होला ? किन यसरी यही उमेरमा धर्मकर्मको अभियानमा जुट्नुभएको ?
— हेर्नुस्, मेरो वृद्धावस्था आउँछ भन्ने कुरामा म विश्वस्त छैन । अहिले म २६ वर्षको भएँ । सात वर्षको उमेरदेखि नै धार्मिक क्रियाकलापहरुमा म संलग्न छु । हाम्रो प्राणपखेरू कतिखेर उडेर जान्छ भन्ने निश्चित छैन । तसर्थ, हरेक पल म मर्दै छु भन्ने जानेर धर्म र ईश्वरमा समर्पित भई सेवा गर्नु नै मानवजीवनको सार्थकता हो भन्ने मलाई लाग्दछ । धर्म र ईश्वरमा आस्थावान् रहेरै भौतिक क्रियाकलापमा संलग्न हुन सकिन्छ र आवश्यक भौतिक विकास गर्न अवश्य सकिन्छ । वास्तवमा धर्म नै जीवनको प्राण हो । हरेक नास्तिक व्यक्तिले पनि सुख र आनन्द खोजिरहेको छ, जसको वास्तविक प्राप्ति केवल धर्मको अभ्यास र ईश्वरीय साधनाबाट मात्र सम्भव हुन्छ । मान्छेले चाहेको सुख र आनन्द भनेकै ईश्वरको स्वरुप हो । जोकोहीले पनि अन्त्यमा भगवान्को चरणारविन्द शरण नपरीकन वास्तविक शान्ति प्राप्त गर्न सक्दैन । आनन्द र शान्तिको प्राप्ति केवल धर्मको मार्गबाट मात्र सम्भव हुन्छ ।
७. अहिलेको नेपाली समाजको आध्यात्मिक स्तर के–कस्तो रहेको छ भन्ने ठान्नुहुन्छ ?
— विगतमा नेपाली समाजमा विविध कारणले गर्दा आध्यात्मिक आस्था कम भएको देखिए पनि धर्म र संस्कृति नै नेपालीहरुको पहिचान र आधार भएको तथ्य पछिल्लो समयमा जिज्ञासु, आस्थावान् तथा युवाहरुको समेत आध्यात्मिक क्षेत्रमा आकर्षण बढ्नुले प्रमाणित गर्दछ । समाजमा शान्ति र सुव्यवस्थाको आधार केवल धर्म र अध्यात्म नै हुन् भन्ने कुरा अहिलेको बढ्दो धार्मिक जनलहरले पुष्टि गरेको छ ।
८. विभिन्न धार्मिक आयोजना र महोत्सवहरु निरन्तर भइरहेर पनि मानिसमा चाहिँ किन धार्मिकता बढ्न सकेन ? किन दिनप्रतिदिन मनुष्य समुदाय अमर्यादित, अव्यवस्थित हुँदै गइरहेको होला ?
— सानो भूलले ठूलो विनाश निम्याइरहेको छ । जेलको सङ्ख्या बढ्यो, तर कैदीको सङ्ख्या घटेन । अस्पतालहरु बढेर जाँदा पनि बिरामीहरु घटेनन् । विद्यालयहरु धेरै खुले तर चरित्रवान् विद्यार्थीहरुको उत्पादन कम छ । यी विभिन्न समस्याको एउटै जड छ, धर्मको मर्म नबुझ्नु । सेवा, त्याग, समर्पण र उपकार नै धर्मका सार हुन् । हरेक प्राणीमा ईश्वरको बास छ । ईश्वर सर्वत्र, सर्वव्यापी र सर्वकल्याणकारी छन् । प्राणी मात्रको सेवा नै ईश्वरको सेवा हो । सबैले, धर्मको सार बुझेर सेवामा लागे मात्र समाजमा हिंसा र अशान्ति घट्छ । अध्यात्मको प्रमुख सन्देश सबै प्राणीहरुको सेवा, ईश्वरभक्ति, त्याग र राष्ट्रप्रेम हुन् ।
९. आजभोलि श्रीमद्भागवत् पुराण वाचनको कार्यक्रमलाई केवल अर्थोपार्जनसँग गाँसेर सम्पन्न गर्ने गरिएको छ । यसबारे तपाईंको धारणा के छ ?
— अर्थोपार्जन मात्रैको लक्ष्य राख्नु र त्यसरी कार्यक्रमको आयोजना गर्नु श्रीमद्भागवत् महायज्ञको अनादर हो । श्रीमद्भागवद् वाचन त विशुद्ध धर्मजागरण र भगवत्प्रेम वर्धनको लागि गरिनुपर्दछ । कसैलाई अधिक धन दान गर्न दबाब दिनुहुँदैन । दानपुण्य स्वेच्छाले गर्ने कुरा हो । यस महायज्ञमा स्वेच्छिक दान, शालग्राम परिक्रमा तथा मनसा, वाचा र कर्मणा सबै प्रकारका सेवाहरुको अवसर रहेको छ ।
१०. यो महामहोत्सव आयोजना गर्नुको खास उद्देश्यचाहिँ के हो ?
यो महामहोत्सव नेपालको मात्र नभैकन समस्त वैदिक सनातन धर्मसँग सम्बन्धित विश्व समुदायकै जागरणको अभियान हो । यस महायज्ञमा हजारौँ व्यक्तिहरुद्वारा १००८ शालिग्रामको परिक्रमा गर्ने सत्सङ्कल्प भएको छ । सङ्कलित हुने दानपुण्यको धनराशिबाट हामीले पवित्र देवघाटधाममा कल्पवास सेवा आश्रम, किरियापुत्री भवन, अतिथि निवास, शोकाहारीविहारी भक्ति मन्दिरको निर्माण एवम् धार्मिक सञ्चारकोषको स्थापना गर्ने महान् लक्ष्य लिएका छौँ । सँगै, एक हात भूमिदान पवित्र देवघाटभूमिमा गर्ने अभियानका साथ हामीले जम्मा ३१०० हात भूमिदान सङ्कलन हुने लक्ष्य लिएका छौँ, जसबाट सङ्कलित हुने करिब एक करोडभन्दा बढी रकमबाट लक्षित निर्माणकार्यलाई अघि बढाउने योजना छ । कान्तिपुर टेलिभिजन र आस्था टेलिभिजनबाट राष्ट्रव्यापी एवम् विश्वव्यापी प्रत्यक्ष प्रसारण गर्ने, चितवनका स्थानीय पत्रपत्रिकाहरु, एफएम रेडियोहरु तथा टेलिभिजन च्यानलहरुबाट पनि कार्यक्रमको विशेष प्रसारणको व्यवस्था भइरहेको छ । यस महायज्ञमा सबै वर्गका भक्तजनहरुको उपस्थिति र सहयोग रहने विश्वास लिएका छौँ ।
११. यसअघि पनि यही ठाउँमा आयोजित श्रीमद्भागवत् महायज्ञ के–कस्तो रहेको थियो ? कस्ता उपलब्धिहरु हासिल भएका थिए ?
— यसअघि २०६९ वैशाखमा आयोजित सो महायज्ञमा भक्तजनहरुको प्रेमपूर्ण सहभागिता रह्यो । उक्त यज्ञको यज्ञशेषबाट देवघाटधाममा दाहसंस्कार स्थलनजिकै मलामीहरुका निमित्त विश्रामस्थलको निर्माण भएको छ, जसबाट हजारौँ मलामीहरुलाई हावाहुरी र घामपानीबाट ओत लाग्ने आश्रम मिलेको छ ।
१२. धर्म सापेक्षता र हिन्दु राष्ट्र नेपालका बारेमा के भन्नुहुन्छ ?
— हामी विश्वभरिका अरबौँ वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको एक मात्र आस्थाको केन्द्र हिन्दु धर्म सापेक्ष राष्ट्र नेपाल हुनुपर्दछ भन्ने पक्षमा छौँ । हिन्दुत्व नै नेपालको गौरवमय पहिचान हो । हामी सबै मिलेर हिन्दु धर्म, संस्कृति, संस्कार र नेपाल माताको गरिमामय अस्तित्वलाई जोगाएर विश्वसामु शिर उचाल्नु परेको छ ।
१३. अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
— आदरणीय धर्मप्रेमी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु ! वैदिक सनातन हिन्दु धर्मको रक्षाको लागि एक जुट बनौँ । नेपालका कालीगण्डकी, शालिग्राम क्षेत्रलगायत सम्पूर्ण तीर्थहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मह¤वका साथ प्रचारप्रसार गरौँ । आज वैशाख ७ देखि १८ गतेसम्म नारायणगढस्थित नारायणी नदीकिनारमा आयोजित हुने धार्मिक महामहोत्सवमा सहभागी भई १००८ शालिग्रामको अवश्य परिक्रमा गरौँ । आफ्नो धर्म–संस्कृति एवम् राष्ट्रहितको संरक्षण र विकासमा सहभागी बनौँ । तपाईंहरु सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रण गर्दछौँ । धन्यवाद !

Related Posts

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

एउटा हलीको दृष्टान्त ! [लक्ष्मणरेखा]

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

Discussion about this post

अन‌ि यो पनि

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने
कला

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन । चलचित्र पत्रकार संघ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको...

Read more
महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

Chitwan Post

निर्माण सामग्री व्यवसायीको साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In