एवान पार्लर ११औँ वर्षमा प्रवेश

अन‌ि यो पनि

नारायणगढ । चमेली बिग बजारमा रहेको एवान जेन्ट्स् पार्लरले बुधबार १०औँ वार्षिकोत्सव मनाएको छ। कोरोना कहरका कारण ठूलो कार्यक्रम गर्न नपाए पनि बुधबार पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।

पुरुष र महिलाको कपाल काट्नेदेखि मेकअपका सम्पूर्ण काम गर्दै आइरहेको पार्लर पनि लकडाउनसँगै बन्द छ। सरकारले अझै पनि पार्लर व्यवसायलाई खोल्न अनुमति दिएको छैन। तैपनि वार्षिकोत्सव भएकोले बुधबार केही पत्रकार बोलाएर सामान्य जानकारी गराएको प्रोपाइटर अजय लामाले जानकारी दिए।

१० वर्षअघि पाँच लाख ५० हजार रुपैयाँको लगानीमा सुरु गरेको पार्लरमा अहिले पाँच जनाले रोजगार पाउनुका साथै करिब २५ लाख भन्दा बढी लगानी भइसकेको उनले बताए। १० वर्ष पूरा गरेको अवसरमा वातावरण सहज भइसकेपछि २० जनालाई पार्लर सम्बन्धी निःशुल्क तालिम दिने योजना बनाएको उनको भनाइ छ।

आफ्नै देशभित्र केही गर्न चाहनेको लागि निःशुल्क तालिमको व्यवस्था मिलाउन खोजिएको लामाले बताए। यसअघि शुल्क लिएरै तालिम लिएकाहरुले पनि व्यवसाय सुरु गरिसकेको उनले बताए।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया