मुग्लिन–नारायणगढ सडक खुलाउन पाँच घण्टा लाग्ने

अन‌ि यो पनि

नारायणगढ । बिहान ४ बजे खसेको पहिरोका कारण मुग्लिन नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। इच्छाकामना गाउँपालिकाको वडा नं. ६ स्थित चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि दुईतर्फी सडक अवरूद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ। राजमार्ग खुलाउने प्रयास जारी रहे पनि ठूलो पहिरोका कारण तत्काल खुलाउन नसकिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन खनालले जानकारी दिए।

अवरुद्ध राजमार्ग खुलाउन नारायणगढतर्फबाट बिहानैदेखि एउटा डोजर प्रयोग भएको छ भने मुग्लिनतर्फबाट पनि डोजर गइसकेको उनले बताए। तर, मुग्लिनतर्फबाट गएको डोजरले बीचबीचमा झरेको सानासाना ढिस्का र माथिबाट खसेको ढुंगा पन्छाउँदै गएकोले पहिरो गएको ठाउँसम्म पुग्न केही समय लाग्ने उनले बताए।

उक्त डोजर पुगेपछि दुईतर्फबाटै पहिरो पन्छाउन सकिने प्रहरी निरीक्षक तामाङले जानकारी दिए। पहिरो पन्छाउन अझै चारदेखि पाँच घण्टा लाग्न सक्ने प्रहरीले अनुमान गरेको छ। ‘माथिबाट ढुंगामाटो झर्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘पहिरो पनि ठूलो गएको हुँदा कम्तिमा पनि चारदेखि पाँच घण्टा लाग्छ होला।

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया