चिकित्सकसहितको नतिजा नेगेटिभ

अन‌ि यो पनि

भरतपुर । एनपिआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो ।

अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको भनिएका चिकित्सकको पुनः परीक्षण गर्दा मंगलबार नतिजा नेगेटिभ आएको हो । उनीसँगै अस्पतालका १६ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नतिजा पनि नेगेटिभ आएको छ ।

यसअघि सोही अस्पतालका ५५ जनाको नतिजा नेगेटिभ आएको थियो । श्रेष्ठले यस अवधिमा करिब एक सय जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र त्यहाँ उपचाररत बिरामीको परीक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिए । पोजेटिभ देखिएका बिरामीको भरतपुर अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको थियो । ती बिरामी राखिएको सघन उपचार कक्षमा काम गर्ने चिकित्सकको सम्पर्कमा आएका र ती बिरामीको सम्पर्कमा रहेका आफन्तको पिसिआर परीक्षण नेगेटिभ आएको हो ।

अस्पतालका बिरामी र चिकित्सकको नतिजा पोजेटिभ आएपछि सेवा ठप्प भएको अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ ।

सङ्क्रमण देखिएका क्षेत्रमा पूर्णरुपमा निर्मलीकरण गरेर सुरक्षित गरिएको छ । चिकित्सक र बिरामीलाई सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरुसँग सम्पर्कमा आएका सबै चिकित्सकसहितका कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखेको थियो । सङ्क्रमण देखिएका चिकित्सकलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको थियो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार नारायणी सामुदायिक अस्पतालका चिकित्सक र बिरामीको सम्पर्कमा रहेका सबैको नतिजा नेगेटिभ आएको बताए । अस्पतालका सञ्चालक विष्णु कुँवरले सबैको नतिजा नेगेटिभ आएसँगै बिरामी र चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण बनेको बताए ।

यस सङ्कटको घडीमा कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न यस अस्पताल सधैँ तयार रहेको भन्दै उनले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार उपचार भइरहेको बताए । क्यान्सरसहितको उपचार हुने यस अस्पतालले गतवर्ष एक लाख १३ हजार बिरामीको उपचार गरेको थियो ।

रत्ननगरका ४५ जनाको रिपोर्ट नेगेटिभ

यसैबीच, रत्ननगरका विभिन्न क्वारेन्टाइनमा बसेका ४५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । असार १ गते भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

भारतबाट आएर रत्ननगर–४, सेरीको अबुबकर मदरसामा बसेका १३ जनासहित ४५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । मदरसामा बसेका १३ जनासहित मंगलबार २० जनालाई क्वारेन्टाइनबाट बिदाइ गरिएको छ ।

मेयर नारायण वनले मदरसामा बसेकाहरुलाई पिसिआर रिपोर्टको प्रमाणपत्र हस्तान्तरण गरी बिदाइ गरेका हुन् । सो अवसरमा मेयर वनले क्वारेन्टाइन अवधि पूरा गरेर घर गएपछि पनि स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने बताए ।

रत्ननगरका विभिन्न क्वारेन्टाइनमा ३६ जना रहेका र ७६ जनालाई १४ दिन क्वारेन्टाइनमा राखेर पिसिआर तथा आरडिटी परीक्षण गरी घर पठाइएको स्वास्थ्य शाखा सहसंयोजक नरहरि श्याम शर्माले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया