गंगानगर माविको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा सुधार

अन‌ि यो पनि

गंगानगर । भरतपुर महानगरपालिका वडा नं–१३, गंगानगरमा अवस्थित गंगानगर माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधारका राम्रा प्रयासहरु हुन थालेका छन् । विद्यालयका शिक्षक, व्यवस्थापन समिति तथा निर्वाचित जनप्रतिनिधिहरु सहकार्य गर्दै विद्यालयको पठनपाठनमा प्रगति र विद्यालय भवनहरुको निर्माणमा जुटेपछि विद्यालयको पहिचान फेरिएको हो ।

अहिले सन्तोषजनकरुपमा विद्यालयको भौतिक सुधार र शैक्षिक सुधार भएकोे छ । अब विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार आउने कुरामा आशावादी रहेको स्थानीय समाजसेवी शिव खनाल बताउँछन् ।

विद्यालय सामुदायिकरुपमा सञ्चालित भए पनि अहिले निजी विद्यालयको जस्तै पठनपाठन हुन्छ । शैक्षिक सुधार भएसँगै विद्यालयमा विद्यार्थीको चाप बढेको विद्यालयका प्रधानाध्यापक श्रीराम देवकोटाले बताए । ‘कुनै बेला यहाँका अभिभावकले छोराछोरी च्यापेर बोर्डिङ स्कुल लैजाँदै गरेको दृश्य देख्दा साह्रै नराम्रो लाग्थ्यो’, प्रधानाध्यापक देवकोटाले भने, ‘अहिले कक्षाकोठा व्यवस्थित छ, नर्सरीका विद्यार्थी खेल्दै रमाउँदै पढ्ने गर्छन् ।’

कुनै बेला विद्यालय बन्द हुने संघारमा पुगेको र भौतिक पूर्वाधार पनि जीर्ण अवस्थामा थियो । २०७२ सालको विनाशकारी भूकम्पले भवन चर्किएको थियो । कक्षाकोठाहरु व्यवस्थित थिएनन् । भर्ना भएका विद्यार्थीलाई पनि पठनपाठन गराउन कठिन थियो । सबै कुराको व्यवस्थापन नहुँदा शैक्षिक गुणस्तर पनि क्रमशः खस्किन थालेको थियो ।

पढ्दै गरेका विद्यार्थी निजी विद्यालयमा भर्ना हुन थालेपछि विद्यालयका शिक्षक, व्यवस्थापन समिति तथा निर्वाचित जनप्रतिनिधिहरुले विद्यार्थी भर्ना अभियान सञ्चालन गरे । घरघरमा पुगेर अभिभावकसँग साक्षात्कार गर्न थालियो । सबै कुरा अभिभावकलाई बुझाइयो । सबै कुरा बुझेपछि अभिभावकहरु सकारात्मक देखिएका प्रअ देवकोटाले बताए । विद्यालयमा भौतिक पूर्वाधारमा सुधारका कार्यहरु पनि भैरहेको उनले बताए । उनका अनुसार चितवन निर्वाचन क्षेत्र नं ३ को संघीय सांसद् विकास कोषअन्तर्गत खेल मैदान विस्तार, कम्पाउन्ड विस्तार, डेस्क र बेन्चहरु निर्माण भैरहेका छन् ।

बागमती प्रदेश सरकारको अनुदानमा विद्यालयको ट्रस निर्माण भैरहेको, भरतपुर महानगरको अनुदानमा जिप्सन, मन्टेश्वरी कक्षा सञ्चालनका साथै जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुदानमा शौचालयको निर्माण भैरहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष सुदीप सुवेदीले बताए । उनका अनुसार महानगर शैक्षिक महाशाखाको अनुदानमा विद्यालयमा फर्निचरहरु थपिएका छन् । यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुदानमा चारकोठे भवन र खानेपानी प्रस्तावित योजनामा रहेको छ ।

२०२४ सालमा स्थापना भएको विद्यालयले लामो समय पार गरेको छ । धेरै चुनौती र कठिनाइहरुसँगै विद्यालयका शिक्षक, व्यवस्थापन समिति तथा निर्वाचित जनप्रतिनिधिहरुले सहकार्य गरेका छन् । विद्यालयको पठनपाठनमा भएको प्रगति र विद्यालय भवनहरुको निर्माणमा सबै जुटेर विद्यालयको पहिचान फेरिएकोले सबैको सहयोगका कारण नै विद्यालय यहाँसम्म आइपुगेको अध्यक्ष सुदीप सुवेदीले बताए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया