७० घर परिवारलाई किड्स नेपालको राहत

अन‌ि यो पनि

फिस्लिङ । बालबालिकाको लागि शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको ‘किड्स नेपाल’ नामक संस्थाले गोरखाको गण्डकी गाउँपालिका वडा नं. ६ का ७० घर परिवारलाई राहत वितरण गरेको छ। विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिमका कारण दैनिक मजदुरी गर्नेहरूको चुल्हो निभ्ने अवस्था आउन थालेपछि किड्स नेपालले खाद्यान्न सामग्री सहयोग गरेको हो।

मानिसहरूमा रोगको भन्दा पनि भोकको डर बढ्दै गइरहेका बेला राहत सामग्री सहयोग गरेर विपन्न वर्गको चुल्हो बाल्न सहयोग गरेको गण्डकी गाउँपालिकाका वडा नं. ६ का अध्यक्ष जीवन गुरूङले जानकारी दिए।

दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि केही दिनको लागि भए पनि चुल्होमा समस्या नपरोस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको किड्स नेपालका अध्यक्ष सगुन गुरूङले जानकारी दिए । ‘हामीले सधैँ सबैलाई पुर्‍याएर सकिँदैन,’ उनले भने, ‘तर दुईचार दिनको लागि पुग्ने सामान मात्रै हामीले जोहो गरिदिँदा दुईचार दिनमा थप व्यवस्थापन गर्न सहज हुन्छ भन्ने मात्रै हो।’

गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षले नै यहाँ समस्या परेको छ भनेर जानकारी गराएपछि राहत सामग्री लिएर आएको उनले बताए। यो वडा विशेष गरी आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको गाउँ हो, त्यसमा पनि चेपाङ समुदायको बाहुल्यता बढी छ। अहिले कोरोनाका कारण काम गरेर खान नपाएका मजदुरका परिवारलाई प्रतिघर धुरी २५ एक बोरा चामकल (२५ किलोको बोरा), दुई लिटर तेल र एक किलो नुनको दरले राहत वितरण गरिएको हो।

विगत पाँच वर्षदेखि सञ्चालित उक्त संस्थाले हाल शिक्षा र स्वास्थ्यबाट बञ्चित भएका ३०० जना बालबालिकालाई हेरचाह गर्दै आइरहेको छ। ९ वटा जिल्लाका १२ वटा स्थानीय तहका ती बालबालिकालाई पढाई खर्च र स्वास्थ्योपचारको लागि सेवा दिँदै आएका उनले बताए। अभिभावककै साथमा रहेका बालबालिकालाई आवश्यक पर्दा पढाई खर्च र स्वास्थ्य उपचारको व्यवस्था मिलाउँदै आएको उनको भनाइ छ।

‘हामीले सबैलाई एकै ठाउँमा राखेका छैनौँ, तर अभिभावकसँगै भएका ती बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको लागि हामीले हेरिरहेका छौँ,’ उनले भने। याे संस्थाले आवश्यक पर्दा हरेक समस्यामा साथ दिँदै आएकाे छ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...