भारतमा प्रेम, क्वारेन्टाइनमा बिहे

अन‌ि यो पनि

दाङ । भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका  एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन् । दाङको घोराही उपमहानगर १८ स्थित क्वारेन्टाइनमा रहेका २३ वर्षीय युवा र २१ वर्षीया युवतीको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनीहरुले विवाह गरेका हुन् ।

उनीहरुको प्रेम र चिनाजानी भारतमै भएको र क्वारेन्टाइनमा रहेका बेला घरपरिवारको सल्लाहबमोजिम विवाह भएको वडाध्यक्ष भरतमणि अर्यालले बताए ।

उनीहरुले क्वारेन्टाइन नजिकै रहेको वर, पिपलको रुखमुनि वैवाहिक कार्यक्रम भएको हो । अहिले उनीहरु घरमै रहेका छन् ।

विवाह भए पनि उनीहरुलाई एक साता अलगअलग बस्न वडाध्यक्ष अर्यालले बताए । उनीहरुसँगै क्वारेन्टाइनमा रहेका अन्य चार जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई एम्बुलेन्समार्फत आइसोलेसन लगिएको उनले बताए ।

फोटो सौजन्य: दशरथ घिमिरे / नयाँ युगबोध दैनिक

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया