पूर्वी नवलपरासीमा संक्रमितको संख्या ४९ पुग्यो

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४९ जना पुगेको छ । मंगलबार बिहान ३ जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितको संख्या ४९ जना पुगेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार मंगलबार पोखरा र चितवनमा गरी नवलपुरको १०५ जनाको पिसिआर रिपोर्ट आएकोमा ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

चापागाईंले मंगलबार कावासोती ३ का ३७ वर्षीय पुरुष, मध्यविन्दु नगरपालिका १० का १९ वर्षीय पुरुष र विनयी त्रिवेणी गाउँपालिका २ का १८ वर्षीय पुरुष गरी ३ जनामा मंगलबार कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

संक्रमित ३ जनालाई नै उपचारका लागि रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भइरहेको चापागाईंले बताए ।
चापागाईंका अनुसार भरतपुरको प्रशोगशालामा मंगलबार गैडाकोट नगरपालिकाका २५ जनाको पिसिआर रिपोर्ट आएकोमा उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यसैगरी कावासोती नगरपालिकाको ५२ जनाको पिसिआर रिपोर्ट आउँदा १ जनामा पोजेटिभ र ५१ जनामा नेगेटिभ आएको हो ।

उता पोखरामा गरिएको परीक्षणमा मध्यविन्दु नगरपालिकाको २५ पिसिआर रिपोर्ट आउँदा २४ जनामा नेगेटिभ आएको छ भने १ जनाको पोजेटिभ आएको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको ३ जनाका पिसिआर रिपोर्ट आएकामा २ जनाको नेगेटिभ आएको छ भने १ जनाको पोजेटिभ आएको चापागाईंले बताए ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...