हतारमा गरिएको भावनात्मक प्रतिक्रिया

अन‌ि यो पनि

भावना व्यक्तिको जैविक अवस्था हो, जुन स्नायु प्रणालीसँग जोडिएको हुन्छ । भावना शब्द सन् १५७९ मा फ्रेञ्च शब्दबाट सुरूवात भएको हो भने अंग्रेजी भाषामा सन् १८३० मा थोमस ब्राउनले यो शब्द प्रयोगमा ल्याएका थिए ।

आफूले देखेको, भोगेको र हुर्केको समाजमा केन्द्रित रही समाजमा घट्ने घटना, परिघटना वा परिवेशलाई वस्तुपरक नभई भावनामा बहकिएर तत्कालै गरिने प्रतिक्रिया जसले तत्कालमा सकारात्मक नतिजा देखिए पनि त्यसको दूरगामी प्रभाव समाजमा रहेको पाइँदैन ।

हामी कोरोना महामारीको त्रासमा रहे पनि आफू र आफ्नो परिवारको सुरक्षालाई पहिलोप्राथमिकतामा नराखी समाजसेवाको नाममा उद्धार र राहत वितरणमा समय खर्चिएको देखिन्छ । चैत ११ बाट सुरू भएको लकडाउनपश्चात् नै राहत बाँड्ने अभियन्ता र विभिन्न संघसंस्थाको लर्को नै देख्न पाइयो, जुन आवश्यकताभन्दा चाँडो वस्तुपरक नभई भावनात्मक उत्कर्षको रुपमा लिन सकिन्छ । जब कि लकडाउनको ८० दिन कट्दा त्यस्ता अभियान र अभियन्ताहरु आफैँ सेलाएका छन् ।

हाल विद्यमान नेपालका विभिन्न परिवेशका घटनालाई हेर्दा चाहे लिपुलेकको विषयमा मनीषा कोइरालाको व्यक्तिगत धारणा होस्, चाहे कोरोनाबाट मृत्यु वरण गर्नुपरेकी सुत्केरी महिलाको तस्बिर सामाजिक सञ्जालमा राख्न हतारो होस् वा निजको नाबालक शिशुको लालनपोषणको जिम्मेवारी लिन तँछाडमछाड गर्न होस् वा विभिन्न रियालिटी शोमा भाग लिने नेपाली मूलका व्यक्तिलाई जिताउनका लागि देखाइएको सहानुभूति र भोटिङका लागि गरिएको प्रयास नै किन नहोस्, यी सबै घटनामा छिट्टै प्रतिक्रिया दिन हतार गर्नुले भावनात्मक प्रतिक्रियाको सिकार छौँ भन्ने बुझिन्छ ।

हामी आधिकारिक स्रोतभन्दा छिटो कुनै पनि घटनाको सूचना सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रवाह गर्न हतार गर्दछौँ । आफू प्रथम हुने होडमा तथ्य र तथ्याङ्कमा आधारित नभई सूचना प्रवाह गर्नाले समाजमा उत्पन्न हुने त्रास र त्यसको दूरगामी असर सोचेका हुँदैनौँ ।

कुनै पनि विषय वा घटनाको प्रतिक्रिया वा आफ्नो व्यक्तिगत धारणा प्रकट गर्नु आफैँमा राम्रो कुरा हो, तर हतारमा गरेर फुर्सदमा पछुताउनुभन्दा त्यसको दीर्घकालीनरुपमा पर्ने असरका बारेमा ख्याल गर्नुपर्दछ । हामीले तत्कालै भावनामा बहकिएर गरेका काम, जनाइएका प्रतिक्रिया, दिइएका जानकारी, राखिएका विचार आदिले तत्काललाई सन्तुष्टि मिल्ला, तर पुग्न र भोग्न जिन्दगीमा धेरै छ भन्ने

कुरा कहिल्यै पनि नभुलौँ ।

(कावासोती–१५, नवलपरासी)

[email protected]

प्रतिकृया

मुख्य समाचार

रत्ननगर र कालिकाका सुकुम्बासीलाई गैरसरकारी संस्थाको राहत

चितवन ०८ असार । अ ड्रप अफ लाइफ हङकङले कम्युनिटि रिसोर्स सेन्टर नेपाल (सिआरसिएन)को समन्वय र नेवाज मल्टिप्रपोज सोसाइटीको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया