बिना मास्क प्रवेश नदिनू : फेन्सी व्यवसायी संघ

अन‌ि यो पनि

भरतपुर । नारायणगढमा रहेका फेन्सी व्यवसायीहरुले ग्राहकहरुलाई पसलमा किनमेल गर्न आउँदा अनिवार्यरुपमा मास्क र सामाजिक दूरी कायम गर्न आह्वान गरेका छन् ।

सोमबार फेन्सी व्यवसायी संघ चितवन र फेन्सी साकोसले आयोजना गरेको सुरक्षा सामग्री प्रदान तथा क्यालेन्डर सार्वजनिक गर्ने कार्यक्रममा बोल्ने वक्ताहरुले पसल खोल्न पाइयो भनेर खुसी हुनुभन्दा पनि सुरक्षित रहेर व्यवसाय गर्न सुझाव दिए ।

फेन्सी व्यवसायी संघका पूर्वअध्यक्ष विजयप्रकाश तण्डुकारले पसलमा आउने ग्राहकलाई अनिवार्य मास्क, सेनिटाइजर प्रयोग गरेपछिमात्र समाजिक दूरी कायम गरेर व्यवसाय गर्न जोड दिए ।

संघका निवर्तमान अध्यक्ष बालकृष्ण कँडेलले पसलेहरुले पनि पटकपटक साबुनपानी र सेनिटाइजर प्रयोग गरेर सुरक्षित रहन आह्वान गरे । कँडेलले व्यवसायीहरुलाई बैंक, वित्तीय संस्था तथा अत्यावश्यक काममा बाहिर निस्कँदा अनिवार्यरुपमा विश्व स्वास्थ्य संगठनको अवधारणाअनुसार चल्न व्यवसायीहरुलाई सुझाव दिए ।

संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद घिमिरेले ‘सुखमा फेन्सी, दुःखमा फेन्सी र विपद्मा फेन्सी’को नारालाई आत्मसाथ गर्दै व्यवसायीहरुलाई सेनिटाइजर, साबुन, हात धुने बाल्टिन र मास्क वितरण गरिएको जानकारी दिए ।

गत चैत ११ गतेबाट भएको लकडाउनले व्यवसायीहरुले व्यवसाय गर्न नपाउँदा घर भाडामामा कमसेकम पचास प्रतिशत छूटको व्यवस्था गर्न संस्थागत पहल गरिने साथै बैंक ब्याज, करलगायतका विषयमा उवासंघ चितवनमार्फत पहल गरिने फेन्सी साकोसका उपाध्यक्ष मेघराज कँडेलले जानकारी दिए ।

असार १ गतेबाट पसल खोल्न अनुमति पाए पनि ग्राहकहरु उल्लेख्यरुपमा बजार नआएको संघका प्रथम उपाध्यक्ष देवराज गैरेले बताए ।
संघका कोषाध्यक्ष तथा क्यालेन्डर विमोचन कार्यक्रमका संयोजक यमप्रसाद घिमिरेको संयोजकत्वमा फेन्सी व्यवसायी संघको २०७७ सालको क्यालेन्डर पनि सार्वजनिक गरिएको थियो ।

फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्याल र फेन्सी साकोसका अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य अर्याल र समापन गैरेले गरेका थिए भने कार्यक्रम सञ्चालन संघका महासचिव दीपा शाहीले गरेकी थिइन् ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया