‘सोती घटना मानवताविरोधी अपराध’

अन‌ि यो पनि

भरतपुर । प्रतिनिधि सभा सदस्य एवम् कानुन, न्याय र मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले पश्चिम रूकुम सोतीमा अन्तरजातीय प्रेमका कारण विभत्स हत्या गरेर भेरी नदीमा फालेको घटना सिङ्गो नेपाली समाजको कलंक र मानवताविरोधी अपराध रहेको बताएका छन् ।

संयुक्त दलित संघर्ष समिति चितवनले सोमबार आयोजना गरेको मोटरसाइकल ¥याली एवम् कोणसभा कार्यक्रममा पोखरेलले जातीय विभेदको जरा समाजबाट नै अन्त्य गर्न आफ्नो मातहतको समितिले कडा ऐन निर्माण गर्न पहल गर्ने बताए ।

‘जबसम्म जातीय विभेदको घटना मिलाउन हामी आफैँले अन्त्य गर्दैनौँ । तबसम्म जति ऐन कानुन बने पनि यो समाजबाट जातीय विभेद अन्त्य हुन सक्दैन’ उनको तर्क थियो । जसले जातको आधारमा शब्द उच्चारण गरेरै विभेद गर्छ भने पनि त्यस्ता व्यक्तिलाई जनताको कठ्घरामा उभ्याएर सजाय दिलाउनुपर्ने उनले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले घटनाका सबै दोषीहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताइन् ।

संयुक्त दलित संघर्ष समिति चितवनले गरेको विरोध सभामा ऐक्यबद्धता जनाउँदै सांसद् पोखरेल, जिल्ला समन्वय समिति चितवनका सभापति कृष्णकुमार डल्लाकोटीले प्रतिनिधि मूलक सहभागिता जनाएका थिए ।

विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्मा, नेपाल दलित संघ चितवनकी सभापति शान्ति परियारलगायतले मन्तव्य दिएका थिए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया