रत्ननगरमा वैकल्पिक कक्षा

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाले वैकल्पिक कक्षाको रुपमा रेडियो क्लास सुरू गरेको छ । लकडाउनका कारण विद्यालय सञ्चालन गर्न सक्ने वातावरण नभएपछि स्थानीय सरकारको रुपमा रहेको सो नगरपालिकाले एफएम रेडियोमार्फत वैकल्पिक कक्षा सुरू गरेको हो ।

रत्ननगरमा रहेको रेडियो अर्पणको स्टुडियोबाट रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सोमबार रेडियो क्लासको उद्घाटन गरेका छन् । उनले वैकल्पिक कक्षाको मह¤व र क्लासको समय तालिकासमेत जानकारी गराएका छन् ।

पहिलो चरणमा सामुदायिक र संस्थागत विद्यालयको कक्षा आठका नेपाली, अंग्रेजी र सामाजिक विषयको रेडियो क्लास सञ्चालन हुनेछ ।

विषयगत शिक्षकहरुले रेडियोमै पुगेर क्लास सुरू गर्नेछन् । अनलाइन कक्षा सञ्चालन गर्दा सबै विद्यार्थीसँग इन्टरनेट र मोबाइल नहुन सक्ने भन्दै मेयर वनले रेडियोको पहुँच सबैसँग हुने भएकाले रेडियोबाट क्लास सुरू गरिएको बताए । उनले शिक्षामा परिणाम निकाल्ने गरी रेडियो क्लास सुरू गरिएको दाबी गरे । ‘हामीले सिकाइको नयाँ अनुभव गर्दैछौँ’, उनले भने, ‘सबै विद्यार्थी भाइबहिनीहरुले रेडियो सुनेर शिक्षा आर्जन गर्नेमा म विश्वस्त छु ।’

रत्ननगर रेडियो क्लास सुरू गर्ने जिल्लाकै पहिलो पालिका हो । यहाँ २९ सामुदायिक, २४ संस्थागत विद्यालयमा करिब १५ हजार विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ बमोजिम वैकल्पिक शिक्षाका रुपमा रेडियो क्लास सुरू गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया