क्वारेन्टाइनमा बस्नेहरुको चाप बढ्दै

अन‌ि यो पनि

जीतपुर । भरतपुर–२८ का विभिन्न क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या बढ्न थालेको छ । भारतमा रेलवे सेवा खुलेसँगै विभिन्न सहरबाट मजदुरहरु फर्किने क्रम जारी रहेपछि शंकास्पद बिरामीको संख्या बढ्न थालेको हो ।

भरतपुर–२८ मा सरस्वती माध्यमिक विद्यालय, साझापुर मावि, आधारभूत विद्यालय सिसावास, आधारभूत विद्यालय लौखरी र आधारभूत विद्यालय अन्द्रौलीमा क्वारेन्टाइन निर्माण गरिएको छ । ती सबै क्वारेन्टाइनमा चाप बढ्दै गएको छ ।

सोमबारसम्ममा सरस्वती माविमा १८ जना, आवि सिसावासमा २२ जना, आवि लौखरीमा ८ जना, आवि अन्द्रौलीमा ९ जना गरी ५७ जना र होम क्वारेन्टाइनमा ५ जना, साझापुर माविमा २ जना गरी जम्मा ६४ जना क्वारेन्टाइनमा रहेको स्थानीय समाजसेवी पवन चापागाईंले जानकारी दिए । सो क्वारेन्टाइनमा बसेकाहरुलाई स्थानीयले पालोपालो गरी खानपिनको व्यवस्था गरेको उनले बताए ।

सरस्वती माविको क्वारेन्टाइनमा रहेका २२ जनामा गरिएको पिसिआर टेस्टमा ३ जनामा कोरोना पोजेटिभ भेटिएपछि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको छ भने त्यहाँ बसेका सन्तोष कुमाल, बाबुराम महत्तो र कृष्ण लोहनी ३ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर गएका छन् ।

यो वडाका बासिन्दाहरु प्रायः भारतमा मजदुरी गर्न जाने गरेका कारण ५०० को हाराहारीमा रहेका तिनीहरु देशमा फर्केर आउँदा यहाँ संख्या बढी भएको भरतपुर–२८ का अध्यक्ष आशबहादुर कुमालले बताए । रोजगारीको सिलसिलामा भारत गएकाहरुलाई ल्याइने क्रम जारी रहेकोले संक्रमितको संख्या अझै बढ्न सक्ने उनले बताए ।

भरतपुर वडा नं–२७ मा रहेको जानकी माध्यमिक विद्यालय मेघौलीमा अहिले ७ पुरूष र ३ महिला गरी १० जना क्वारेन्टाइनमा रहेका छन् भने होम क्वारेन्टाइनमा कोही नभएको वडा अध्यक्ष गोविन्द तामाङले जानकारी दिए ।

अहिले क्वारेन्टाइनमा बस्नेहरु सबै भारतबाट आएका वडा कार्यालयले जनाएको छ । क्वारेन्टाइन अवधि पूरा गरेर ९ जना घर फर्केका छन् भने यसअघि एक जना १९ वर्षीय महिलामा कोराना पोजेटिभ देखिएपछि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको वडा अध्यक्ष तामाङले बताए । सडक मानव ४ जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखेर नेगेटिभ रिपोर्ट आएपछि मानवसेवा आश्रममा पठाइएको उनले बताए ।

भरतपुर वडा नं–२६ को आदर्श मावि दिव्यनगरमा रहेकामध्ये ४ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्केका छन् । अहिले बाँकी ३ जनामात्रै क्वारेन्टाइनमा रहेको वडा अध्यक्ष ज्ञानप्रसाद खनालले बताए । क्वारेन्टाइनमा रहेका ३ जना सबै भारतबाट आएका हुन् । सो क्वारेन्टाइनमा बसेकाहरुलाई वाइफाइलगायतका सेवासुविधाहरुको व्यवस्था गरिएको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया