बागमतीको बजेट : ५१ अर्ब बढी, चितवनमा परे १० ठूला कार्यक्रम

अन‌ि यो पनि

भरतपुर । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रूपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले प्रस्तुत गरेको यो बजेट चालु आर्थिक वर्ष २०७६/०७७ को भन्दा ३ अर्ब ८२ करोडले बढी छ ।

यस पटक प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात् कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट बिनियोजन गरेको छ । पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् कुल बजेटको ४८ दशमलव ८८ प्रतिशत विनियोजन गरिएको छ ।

प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च ब्यहोर्न २० अर्ब ८३ करोड ७९ लाख हजार रुपैयाँ कर राजश्व उठ्ने दाबी गरेको छ ।

सरकारी अनुदानतर्फ १७ अर्ब ८६ क ९८ लाख, अन्य राजस्व ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचत ७ अर्ब ५० करोड रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ । बागमती सरकारले कोभिड १९ को लागि क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्थापन, तथा स्वास्थ्यकर्मीको प्रोत्साहनको लागि १९ करोड ४४ लाख बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारको यसपटक बजेटमा चितवन जिल्लाको लागि १५ ठूला कार्यक्रम परेको छ । चितवनको बकुलहरमा रहेको रत्ननगर अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाइने भएको छ ।

यस्तै चितवन जिल्लामा चक्लेट र क्याटवरीसहितको दूध प्रशोधन केन्द्र निर्माण गर्नको लागि आवश्यक बजेट छुट्टाइएको छ । चितवन जिल्लामा क्षेत्रगत कृषिका कार्यक्रमहरु पनि सञ्चालन गरिनेछ ।

चितवनमा तरकारीका कार्यक्रमहरु प्रदेश सरकारबाट सञ्चालनको लागि आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले बताए । चितवनको तल्लो भूभागमा गाई, माछा, कुखुरा, बीउविजन, माथिल्लो भूभागमा बाख्रापालनका कार्यक्रम सञ्चालन हुने छ । चितवनमा मह र च्याउखेतीका कार्यक्रमहरु पनि चल्नेछन् ।

चितवनमा बनिरहेका शीतभण्डारलाई आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न हुने गरी बजेट विनियोजन गरिएको छ । मन्त्री ढुङ्गेलका अनुसार चितवन जिल्लामा एक सय हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरी यान्त्रीकीकरणसहित मत्स्य विकास तथा विस्तार कार्यक्रम सञ्चालन गरिने छ ।

मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा दासढुंगा र गाँजीपुरमा दासढुंगा नारायणी एकीकृत विकास परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरी विकास गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ । यसैगरी चितवनको माडी नगरपालिकामा अर्गानिक पकेट क्षेत्र पहिचान गरी कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न तथा कृषि बालीहरुको सुरक्षाका लागि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीय तह तथा स्थानीय जनतासँगको समन्वयमा पर्खाल निर्माण कार्यको निरन्तरतको लागि बजेट व्यवस्था गरिएको छ ।

क्यान्सर रोग लागेका विपन्न नागरिकलाई उपचारमा नेपाल सरकारले दिएको सहुलियतका अतिरिक्त ५० हजार रकम थप गरिने पनि बागमती सरकारको बजेटमा उल्लेख गरिएको छ ।

प्रदेशको अति सिमान्तकृत एवम् लोपोन्मुखलगायत लक्षित समूहको बालबालिकाको गुणस्तरीय विद्यालय शिक्षाको पहुँच सुनिश्चित गर्न चितवनमा पाँच वटा आवासीय विद्यालयहरुको पूर्वाधार विकास र सञ्चालनको लागि १२ करोड रुपैयाँ छुट्याइएको छ ।

चितवनको माडीमा सामूहिक खेती प्रवद्र्धन कार्यक्रम थप विस्तार गरिने बागमती प्रदेशको बजेटमा उल्लेख छ । माडी नगर प्रमुख ठाकुर ढकालका अनुसार हाल माडीमा एक सय बिघामा सामूहिक खेती गरिएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघसँग मिलेर ५० प्रतिशत साझेदारीमा चितवनमा एक आधुनिक बहुउद्देश्यीय कृषि (लिची, कटहर, अम्बा, कागती, मेवा, केरा र तरकारी) नर्सरी निर्माणको लागि बजेट व्यवस्था गरिएको छ ।

बागमती प्रदेश सरकारले दूधमा शतप्रतिशत अनुदान, चेपाङलाई चिउरी कार्यक्रम पनि ल्याएको छ । सरकारले चालु आर्थिक वर्षमा प्रतिलिटर १ रुपैँया दिने गरेकोमा सो अनुदानमा सतप्रतिशत वृद्धि गरी दुई रुपैयाँ बनाएको छ । उक्त कार्यक्रमको लागि १६ करोड बजेट विनियोजन गरेको ढुंगेलले जानकारी दिए । चेपाङका लागि चिउरी कार्यक्रमअन्तर्गत चिउरी खेती र चेपाङ समुदायको सहभागितामा चिउरी प्रशोधन उद्योग स्थापनाका लागि रकम व्यवस्था गरिएको छ ।

‘एक स्थानीय तह एक उद्योग ग्राम’ ‘एक स्थानीय तह एक सूपथ मूल्य पसल’ कार्यक्रम पनि चलाइनेछ । बाबुआमा दुवै नभएका बालबालिकाहरुलाई बागमती प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । प्रदेश सरकारले सांसद् विकास कोषलाई फरक नाम दिएर प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्र्तगत १ अर्ब ९८ करोड विनियोजन गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा कोरोना : ५४ जना थपिँदा १६८ जना सङ्क्रमणमुक्त

–तुलमान गुरूङ भरतपुर । चितवनमा बिहीबार एकैदिन १६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्लो २४...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया