रत्ननगर अस्पताल प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति

अन‌ि यो पनि

रत्ननगर । केन्द्र सरकारले बेवास्ता गरेका कारण आझेलमा परेको रत्ननगर अस्पताललाई बागमती प्रदेश सरकारले स्तरोन्नति गरेको छ ।
पूर्वी चितवनको पुरानो सरकारी अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिएको हो ।

चितवनको करिब आधा जनसंख्या रहेको पूर्वी चितवनको सो सरकारी अस्पताल सरकारको बेवास्ताका कारण स्थापना भएको २० वर्ष हुँदा पनि १५ शैय्यामा सीमित रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रत्ननगर अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिएको जानकारी गराएका हुन् । १५ शैय्याको सो अस्पतालमा हाल बहिरङ्ग सेवामात्रै सञ्चालन हुँदै आएको छ ।

शान्ति मेड नेपालको सहयोगले केही गति लिएको सो अस्पतालमा छालाको रोग र मृर्गौला रोगीको उपचारसमेत हुँदै आएको छ । सो अस्पतालमा छाला, दाँत, प्रसूति र बालबालिकालाई लक्षित गरी बहिरङ्ग सेवा तथा अस्पतालमा २४ जनाको मिर्गौलाको डायलासिससमेत गर्दै आएको अस्पतालका मेसु डा.विश्वबन्धु बगालेले जानकारी दिए ।

दैनिक १५० बढीको उपचार हुँदा आएको सो अस्पतालको स्तरोन्नति नभएका कारण बिरामीलाई भर्ना गरेर उपचार गर्ने समस्या रहेको थियो । कोरोनाको महामारी फैलिरहेको बेला रत्ननगर अस्पतालको स्तरोन्नति भएपछि पूर्वी चितवनवासी खुसी भएका छन् ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले यहाँको पुरानो सरकारी अस्पतालको प्रदेश सरकारले स्तरोन्नति गरेको भन्दै खुसी व्यक्त गरे । ‘हामीले पटकपटक सरकारलाई स्तर वृद्धिको लागि आग्रह गरेका थियौँ’, मेयर वनले भने, ‘अहिले आएर प्रदेश सरकारले हाम्रो आग्रह सुनेको छ ।’

उनले अस्पतालको स्तरोन्नतिसँगै डाक्टरको दरबन्दी र शैय्या थप हुनेमा विश्वास व्यक्त गरे । ‘रत्ननगर अस्पताललाई यही कुराको खाँचो थियो’, उनले भने, ‘प्रदेश सरकारले हाम्रो माग सम्बोधन गरेको छ, अब यो अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने छौँ ।’

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया