बिना मास्क पसल प्रवेश नदिनु : फेन्सी व्यवसायी संघ

अन‌ि यो पनि

भरतपुर । नारायणगढमा रहेका फेन्सी व्यवसायीहरुले ग्राहकहरुलाई पसलमा किनमेल गर्न आउँदा अनिवार्यरुपमा मास्क र सामाजिक दूरी कायम गर्न आह्वान गरेका छन् ।

सोमबार फेन्सी व्यवसायी संघ चितवन र फेन्सी साकोसले आयोजना गरेको सुरक्षा सामग्री प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले पसल खोल्न पाइयो भनेर खुशी हुनु भन्दा पनि सुरक्षित रहेर व्यवसाय गर्न सुझाव दिए ।
फेन्सी व्यवसायी संघका पूर्व अध्यक्ष विजयप्रकाश तण्डुकारले पसलमा आउने ग्राहकलाई अनिवार्य मास्क, सेनिटाइजर प्रयोग गरेपछि समाजिक दूरी कायम गरेर व्यवसाय गर्न जोड दिए ।

संघका निवर्तमान अध्यक्ष बालकृष्ण कँडेलले नियमितरुपमा पसलेहरुले पनि पटकपटक साबुनपानी र सेनिटाइजर प्रयोग गरेर सुरक्षित रहन आह्वान गरे । कँडेलले व्यवसायीहरुलाई बैंक, वित्तीय संस्था तथा अत्यावश्यक काममा बाहिर निस्कदा अनिवार्य रुपमा विश्व स्वास्थ्य संगठनको अवधारणा अनुसार चल्न व्यवसायीहरुलाई सुझाव दिए ।

संघका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद घिमिरेले सुखमा फेन्सी, दुखमा फेन्सी र विपद्मा फेन्सीको नारालाई आत्मसाथ गर्दै व्यवसायीहरुलाई सेनिटाइजर, साबुन, हात धुने बाल्टिन र मास्क वितरण गरिएको जानकारी दिए ।
गत चैत ११ गतेबाट भएको लकडाउनले व्यवसायीहरुले व्यवसाय गर्न नपाउँदा घरभाडामामा कमसेकम पचास प्रतिशत छुटको व्यवस्था गर्न संस्थागत पहल गरिने साथै बैंक ब्याज, करलगायतका विषयमा उवासंघ चितवन मार्फत् पहल गरिने फेन्सी साकोसका उपाध्यक्ष मेघराज कँडेलले जानकारी दिए ।

संघका कोषाध्यक्ष तथा क्यालेण्डर विमोचन कार्यक्रमका संयोजक यमप्रसाद घिमिरेको संयोजकत्वमा फेन्सी व्यवसायी संघको २०७७ सालको क्यालेण्डर पनि विमोचन गरिएको थियो ।

असार १ गतेबाट पसल खोल्न अनुमति पाएता पनि ग्राहकहरु उल्लेख्य रुपमा बजार नआएको संघका प्रथम उपाध्यक्ष देवराज गैरेले बताए । फेन्सी व्यवसायी संघका अध्यक्ष खिमलाल अर्याल र फेन्सी साकोस अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य अर्याल र समापन गैरेले गरेका थिए भने कार्यक्रम संचालन संघका महासचिव दीपा शाहीले गरेकी थिइन् ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया