आजबाट जोरविजोर, समातिन थाले मोटरसाइकल र गाडी

अन‌ि यो पनि

भरतपुर । असार १ गतेबाट चितवन जिल्लामा पनि जोरविजोर प्रणाली सुरु भएको छ । जिल्लाका मुख्य क्षेत्रमा चेकजाँच कडा पारिएको छ ।

विजोर गते विजोर नम्बर मात्र भएका सवारी चलाउन पाउने भनिएता पनि जोर नम्बर भएका सवारी (अधिकांश मोटरसाइकल) चलेकाले नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।

अत्यावश्यक काममा हिडेकाहरुलाई पनि जोरविजोरका नाममा दुख दिएको भन्दै आवश्यकताका आधारमा नियन्त्रणमा लिनुपर्ने युवा नेता रविन खतिवडाले बताए ।

जोर गते जोर नम्बरका र विजोर गते विजोर नम्बरका सवारी गुड्न पाउने प्रशासनले जनाएको छ । प्रशासनले आइतबार पत्रकार सम्मेलन गरी आफ्ना निर्देशनहरु असार १ गतेबाट कार्यान्वयनमा आउने बताएको थियो ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया