कोरोना नियन्त्रणमा विगतका अनुभव र वर्तमानका चुनौती

अन‌ि यो पनि

कोरोना भाइरस (कोभिड–१९) सङ्कटले करिब साढे चार लाख मानिसहरुको मृत्यु भइसकेको छ । यो त्रासदीको साक्षी बनेका युरोप, अमेरिका र अन्य देशहरु मृत्युको प्रलयमा पुगेर केही हदसम्म तंग्रिन लागेका छन् । कोभिडबाट पीडित देशहरु इटाली, बेलायत, अमेरिकाले निकै ठूलो मानवीय क्षति व्यहोर्नुप¥यो । त्यही सङ्कट र चुनौतीबाट सिकेर उनीहरुले विश्वलाई सन्देश दिएका छन् । करिब दुई महिना यी देशहरुमा मानिस लासमाथि नै हिँडे । लासहरु राख्ने र गाड्ने ठाउँसम्म थिएन इटालीमा, तर पनि साहसका साथ जसरी अगाडि बढेको देखियो त्यो निकै प्रशंसनीय र अनुकरणीय छ । महामारीको उचाइसँग मानिसले लड्नैपर्ने हुन्छ ।

महामारी त फैलिसक्यो । विश्व स्वास्थ्य संगठनका सल्लाह र सुझावहरु अपनाएर केही हदसम्म सुरक्षित हुन सकिन्छ । तर, हाम्रोजस्तो सामाजिक संरचना र चेतनाको स्तर भएको समाजमा यतिले मात्र पार पाउन सकिन्न । महामारी अझ सशक्त र वृद्धि हुने कुरा निश्चित छ । हाम्रा वैदेशिक रोजगारीमा गएका मानिसहरुको आगमनले पुनः महामारीको अवस्था निकै चुनौतीपूर्ण हुने कुरामा दुईमत छैन । त्यसो भए हामीसँग के उपायहरु होलान् त यो विकराल परिस्थितिसँग जुध्न ? कसरी अगाडि बढ्ने त ? के यसको औषधि बनेपछिमात्रै हामी सहजतामा फर्किन सक्छौँ ? के हामी मौलिक उपायहरु अपनाएर यो महामारीबाट सुरक्षित रहन सक्छौँ कि सक्दैनौँ ?

नेपालमा कोरोना संक्रमण एक चरणमा फैलिएर लकडाउनको कारण नियन्त्रणमा आएको अनुमान गर्न सकिन्छ । यसबाट अधिकांश नेपाली सचेत भएका हुन सक्छन् । यो अनुसन्धानको पक्ष हो । नेपालमा ¥यापिड टेस्ट गर्दा हजारौँ जनामा पोजेटिभ देखिने तर पिसिआर टेस्टमा नेगेटिभ देखिनुको कारण रोग निको भएर एन्टीबोडी देखिएको पनि हुन सक्छ । कोरोना संक्रमण एकपटक निको भएपछि ५–१० प्रतिशत जनसंख्यामा पुनः देखिन सक्छ । तर, त्यो घातक हुँदैन । निको भएपछि पुनः संक्रमण हुने केसमा एकै परिवारका १–२ जनालाई लाग्न सक्छ, तर अरुलाई नलाग्न पनि सक्छ । हामीकहाँ यो खालको कोरोना संक्रमण देखिएको छ । अर्को के अनुमान गर्न सकिन्छ भने नेपालमा फैलिएको मौसमी रूघाखोकीमा मिसिएको भाइरस कोरोनाभन्दा कडा थियो कि ? कडा भन्नाले घातकमात्रै होइन ।

नेपालमा पहिले फैलिएको कोरोना संक्रमण कमजोर तहको हुन सक्छ । त्यो समयमा सरकारी तथा निजी अस्पतालमा कति जनाको मृत्यु भएको थियो भनेर मृतकको तथ्याङ्क तथा रोगको प्रकृति अध्ययन गर्न आवश्यक देखिन्छ । नेपालमा संक्रमण देखिएका पहिला २–४ केसबाहेक कुनै पनि व्यक्तिमा कोरोनाका लक्षण देखिएका छैनन् । एक जना पनि संक्रमित आइसियू तथा भेन्टिलेटरमा बस्नु परेको छैन । जोखिम उमेर तथा अवस्था भएका २ जना ६५ वर्षीय र एक जना ८१ वर्षीय संक्रमित सजिलै निको भएर घर फर्किएका छन् ।

विदेशमा संक्रमण भएर नेपाल आएका अधिकांश व्यक्तिहरुको प्रायः २८–३५ दिनमा रोग पत्ता लागेको छ । छिमेकी देशहरुमा लक्षणविहीन कोरोना संक्रमण देखिएको छ । नेपालमा पनि लक्षणविहीन कोरोना संक्रमण समुदायमा हुन सक्छ । लकडाउनको कारण संक्रमण फैलिन पाएको छैन । कारणवश फैलिए पनि नेपालमा मृत्यु हुने संख्या नगन्य हुने अनुमान गर्न सकिन्छ । ती बिरामी पनि लक्षण देखिएर वा अस्पताल पुगेर जाँच गरिएका थिएनन् । स्थानीयको उजुरी वा खोजबिन गरेर जाँच गर्दा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको जाँच गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यसबाट के बुझिन्छ भने उनीहरु अधिकांश निको हुन लागेको अवस्थामा थिए । अर्को अनुमान के गर्न सकिन्छ भने नेपालमा हाल देखिएको कोरोना भाइरस अत्यन्तै कमजोर प्रजातिको हुन सक्छ ।

अन्य देशको तुलनामा नेपालीको रोगप्रतिरोधात्मक क्षमता उच्च छ । हाम्रो क्षमतामा हामीले शंका गर्नु जरूरी छैन । लकडाउनलाई सुरक्षित अवतरण गर्ने, सामाजिक दूरी कायम गर्ने, परीक्षणको दायरा बढाउने, पोषिलो खाना खाने, सरसफाइमा ध्यान दिने, व्यायाम, योग, ध्यान गर्ने, तनाव व्यवस्थापन गर्ने तथा सिमाना पूरै नियन्त्रण गर्ने हो भने नेपालीहरु आन्तरिकरुपमा अत्यन्तै मजबुत हुनेछौँ । विभिन्न औषधि विज्ञान, अनुसन्धान, स्वास्थ्य विज्ञ तथा अन्वेषकका अनुसार पनि यसको औषधि बन्न अझै ७–८ महिना लाग्न सक्ने जानकारी तथा तथ्यहरु बाहिरिरहँदा हामी ढुक्क भएर काममा फर्कन लगभग त्यति अवधि प्रतीक्षा गर्नैपर्ला । हामीहरु अबका दिनमा आत्मबल बलियो बनाउँदै आवश्यक सतर्कता अपनाएर काममा नफर्की सुखै छैन । सामाजिक दूरी कायम गर्दै अगाडि बढ्न नसके हामीहरु विकराल अभाव र गरिबीको चपेटामा परिसकेका हुनेछौँ । अबका सम्भावित उपायहरु हामी आफैँसँग निर्भर रहनेछन् । सुरूवाती समयमा युरोप तथा अन्य देशमा अपनाइएका चिकित्सकीय उपायहरु त्यति लाभप्रद देखिएनन् । त्यसैले, युरोपलगायत अमेरिकाले २ महिनाको अवधिमा निकै ठूलो मानवीय क्षति व्यहोर्नुप¥यो । तर, महामारीसँग जुध्ने सिलसिलामा मानिसहरुले मौलिक उपायहरु निकाले, जसले औषधि र चिकित्सा पद्धतिभन्दा प्रभावकारी र सुरक्षित परिणामहरु निकाल्न सहयोग ग¥यो ।

बेलायतमा मृत्यु भएका नेपालीहरु प्रायः लामो समयदेखि त्यहीँ बसोवास गरिरहेका, सतर्कताका सन्दर्भमा कमजोर रहेका, खानपान संस्कारमा ध्यान नदिएका र भाषामा राम्रो पहुँच नभएका कारण पनि चिकित्सकका सुझावहरुलाई चुस्तदुरूस्त अपनाउन नसक्दा ज्यान गुमाउनु परेको अनुभव र तथ्यहरु पाइएका छन् । त्यसैगरी, अमेरिकी सन्दर्भको कुरा गर्दा त्यहाँ प्रारम्भिक चरणमा संक्रमितहरु क्वारेन्टाइनमा राखिए । क्वारेन्टाइन अवधिमा रोगीहरु अपेक्षितरुपमा लाभान्वित हुन नसकेपछि घरमै आइसोलेसन अपनाई बस्न सरकारले सुझाएपछि निकै उपलब्धिहरु भएका उदाहरणहरु सुन्नमा आए । किनकि, घरमा बस्दा परिवारको रेखदेख र पौष्टिक आहारले महामारीबाट तंग्रिन निकै द्रुतगतिमा सहयोग ग¥यो ।

हामी सबै नेपालीहरुले आत्मविश्वास बढाउँदै आफ्ना मौलिक ज्ञान, संस्कार तथा यस रोगसँग टाढा रही सुरक्षित हुन अपनाउनुपर्ने सम्पूर्ण उपायहरु अपनाई अघि बढौँ, हामी हार्ने छैनौँ । हामी यो भाइरसको युद्धलाई जितेर स्वस्थ जीवन जिउने प्रण गरौँ । जब बन्दाबन्दी सुरू भयो तब हामीले सबैभन्दा खराब अवस्थाको सामना गर्नुपर्छ कि भन्ने ठूलो डर थियो । किनभने, कोरोना भाइरसले गर्दा इटालीजस्तो विकसित देशले चीनको भन्दा पनि ठूलो दुर्घटना भोग्नु परिरहेको दृश्य हामीले आफ्नै आँखाअगाडि टेलिभिजनका पर्दामा दैनिक देखिराखेका थियौँ । हामी कोरोना भाइरसको उपस्थितिलाई अस्वीकार गर्न सक्दैनौँ । अब कोरोनासँगै बाँच्नुको विकल्प छैन । भौतिक दूरी कायम गर्दै दैनिक तथा अत्यावश्यक कार्यहरु सहज ढङ्गले गर्ने वातावरण बनाउनुपर्नेछ । आमनागरिकले आवतजावतका लागि अत्यधिक प्रयोग गर्ने साधन सार्वजनिक यातायातका साधन नै हुन् । आवतजावतको क्रममा मानिसहरुसँग भौतिक सम्पर्क बढी हुँदा भाइरस संक्रमणको जोखिम बढी सार्वजनिक यातायात क्षेत्रमा हुन्छ । संक्रमणको जोखिम बढी हुने भए पनि मानवजीवनलाई चलायमान बनाउनका लागि यातायात क्षेत्र सञ्चालन गर्नैपर्ने हुन्छ । तसर्थ, सार्वजनिक यातायात क्षेत्रलाई मह¤वपूर्णरुपमा हेरिनु अत्यन्त जरूरी छ । सुरक्षित र भरपर्दो सार्वजनिक यातायातका लागि अहिलेको अवस्थामा सेवा प्रदायकहरुले मात्र गर्नसक्ने अवस्था छैन । राज्यसत्तामा बस्नेहरुले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । कोरोनाको कहर त्यति सजिलो हुँदो हो त शक्तिशाली राष्ट्रहरुलाई लास गनेर बस्ने अवस्था आउने थिएन ।

महामारी नियन्त्रणका लागि सरकारले केही गरेको छैन भन्ने होइन । कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि विभिन्न तहले गरी कुल ९ अर्ब ८७ करोड रूपैयाँ खर्च गरिसकेका छन्, जसमध्ये संघीय सरकारले ६ अर्ब ३ करोड, प्रदेश सरकारले १ अर्ब ८ करोड र स्थानीय तहले २ अर्ब ७६ करोड रूपैयाँ खर्च गरिसकेका छन् । कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले ६ अर्ब ३ करोड रूपैयाँ खर्च गरिसकेको छ । संघीय सरकारले खर्च गरेको ६ अर्ब ३ करोडमध्ये केही रकम पूर्वाधार निर्माण र औषधिजन्य उपकरणको ढुवानीमा समेत खर्च भएको छ । प्रदेश सरकारको आन्तरिक बजेटबाहेक नै संघीय सरकारले २ अर्ब रकम कोरोना रोकथामका लागि निकासा गरेको छ । संघीय सरकारले विभिन्न प्रदेशहरुलाई २ अर्ब रूपैयाँ संघीय बजेटबाट पठाएको थियो । जसमध्ये १ अर्ब ८ करोड रूपैयाँ प्रदेश सरकारहरुले खर्च गरेका छन् । २ अर्ब रकम पठाएको भए पनि प्रदेश सरकारले दिएको बजेटसमेत खर्च गर्न सकेका छैनन् । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म २ अर्ब ३२ करोड रूपैयाँ जम्मा भएको छ ।

सबैभन्दा मह¤वपूर्ण कुरा भनेको एक ठाउँबाट अर्को ठाउँमा मानिसहरुले गर्ने आवतजावतलाई सरकारले व्यवस्थित गर्नुपर्ने थियो । क्वारेन्टिनमा राखिएका नागरिकहरुको पर्याप्त मात्रामा स्वाब संकलन नै नहुने, भइहाले पनि १० दिनसम्म नतिजा नआउने र त्यहीबीचमा आरडिटी गरेर घर पठाइने कार्यले नागरिकको ज्यान जोखिममा परेको छ । सरकारले कुनै पनि ठाउँमा मानिसहरुलाई भीडमा जम्मा हुन दिन हुने थिएन, चाहे त्यो भारतसँगको सीमा नाकामा होस् या नेपाल आएर घर फर्कंदा सवारीसाधनमा होस् । विश्वव्यापी महामारीलाई हाम्रो देशमा समुदायको महामारी हुन यति सजिलै दिएकोमा सरकारको ठूलो कमजोरी देखिएको छ ।

यदि अब तेस्रो विश्वबाट उद्धार गरेर ल्याइने नेपालीहरुले त्यही दुर्दशा भोग्नुप¥यो भने र उनीहरु पनि भागे भने देशको अवस्था के होला ? समय छँदै यस्ता कमीकमजोरीहरु नसुधारे यसले भयावह अवस्था सिर्जना गर्छ । अर्को कुरा, सरकारले लकडाउन सुरू गरे पनि उसकै निकायले समन्वयको अभाव, प्रदेश सरकार र संघीय सरकारबीचमा महामारीप्रतिको गम्भीरतालाई ध्यानमा नराखी मनमौजी यातायात अनुमति बाँडेका कारणले संक्रमितहरु देशैभरि पुगे र महामारी विस्तार गरे । दुई महिना बढीको बन्दाबन्दी निष्प्रभावी हुनुमा सरकारले लिएका फितला निर्णय र कार्यान्वयन नै हुन् । सरकारलाई जनताले जसरी साथ दिए, सरकारले जनतालाई सेवा दिन भने सकेन ।

लकडाउनमा रेन्डम स्याम्पलिङ तीव्र गरिदिएको भए त्यसले कोभिड–१९ को नियन्त्रणमा ठूलो सहयोग पुग्थ्यो । त्यतिमात्र होइन, त्यसबाट आमनागरिकमा आत्मविश्वास बढ्नुका साथै क्षेत्रहरुलाई खतरा, कम खतरा र खतरामुक्तरुपमा छुट्याई मानिसहरुलाई बन्दाबन्दीको लामो प्रभावबाट पर्न गएको मनोवैज्ञानिक असरबाट मुक्ति दिन सकिन्थ्यो । बन्दाबन्दी महामारी रोक्ने उपाय त हो, तर यससँग गाँसिएका अनेकन मनोरोग, चिन्ता र भयलाई कम गर्न यस्ता वर्गीकरणले निकै ठूलो भूमिका निर्वाह गर्दछ । त्यसबाहेक टेस्टको प्राप्त परिणामको आधारमा ती क्षेत्रहरुमा सुरक्षित ढङ्गले निर्माण, कारखाना तथा अन्य आर्थिक गतिविधिहरु सञ्चालन गर्न सकिन्थ्यो, जुन यस विषम परिस्थितिमा निकै मह¤वपूर्ण र फलदायी हुन्थ्यो ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया