पैसा देखाएर सुस्त मनस्थिति युवतीको बलात्कार

अन‌ि यो पनि

हेटौँडा । हेटौँडा–११ की एक सुस्त मनस्थितिकी युवतीको बलात्कार भएको छ । गत जेठ २४ गते दिउँसो १२ बजेको समयमा २५ वर्षीया अविवाहित सुस्त मनस्थितिकी युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पीडितको पक्षबाट जेठ २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ । पैसा देखाएर फकाउँदै घरनजिकैको मकैबारीमा लगेर बलात्कार गरेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

पीडितपक्षले दिएको उजुरीअनुसार प्रतिवादीलाई प्रहरीले खोजिरहेता पनि पक्राउ गर्न सकेको छैन । मेडिकल रिपोर्ट र थप अनुसन्धानको रिपोर्टपश्चात् अदालतमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया