भरतपुर । महिलाहरुलाई लक्षित गरी लेडिज रिफ्रेस सेन्टर संचालनमा ल्याइएको छ ।
विभिन्न सेवा सुविधा सहित सनसाइन इन्टरनेशनल लेडिज रिफ्रेस सेन्टर प्रालिले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । विभिन्न होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलमा हुने विकृति विसंगती रोक्नका लागि पनि महिलालाई मात्र लक्षित गरी संस्था खोलिएको अध्यक्ष पार्वती सापकोटाले बताउनुभयो ।
सनसाइन इन्टरनेशनल लेडिज रिफ्रेश सेन्टर प्रालिमा स्वीमिङ पुल, व्यूटीपार्लर, कस्मेटिक सप, रेष्टुरेन्ट एवम् लेडिज होस्टेलको सुविधा रहेको छ ।
Discussion about this post