पहिरोमा पुरिएर दुई परिवारका नौ जनाको मृत्यु

अन‌ि यो पनि

पर्वत । पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई घरपरिवारका नौजनाको मृत्यु भएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका छ र विकास विकको परिवारका तीनजनालाई पहिरोले पुरेको छ ।

पहिरोमा पुरिनेमा ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापा, नातिनी आठ वर्षीया बिबिसा र नाति १४ वर्षीय सम्राट थापा, तुलबहादुरकी विवाहित छोरी ३४ वर्षीया दीपा थापा र दीपाका छोरा १७ वर्षीय विवेक थापाको मृत्यु भएको छ ।

त्यसैगरी विकास विककी श्रीमती ३२ वर्षीया कमबला विक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा विक र १३ वर्षीय जेनिस विक पनि पहिरोले पुरिएर ज्यान गएको छ । समाचार तयार पार्दासम्म जेनिश विकको शव भने भेटिएको थिएन खोजी कार्य जारी रहेको छ ।

तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन् । उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएका थिए । उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए ।

यता कमला विकका श्रीमान् विकास विक भने रोजगारीका लागि साउदीमा रहेका छन् । उनी लकडाउन खुलेलगत्तै स्वदेश फर्किने तयारीमा थिए । तुलबहादुरकी छोरी दीपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैँयुथन्थाप हो । उनी कुस्मा बजारमा छोरा पढाएर बस्दै आए पनि यतिबेला माइतीमा बसेकी थिइन् । उनका श्रीमानसमेत रोजगारीका लागि खाडी मुलुक साउदीमा रहेका छन् ।

पहिरो गएलगत्तै कुस्माबाट पुगेको तीनवटै सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा राति १ बजेसम्म तीन र बिहान पाँचवटा शव निकालिएको हो । जेनिश विकको भने खोजी भइरहेको पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले बताए ।

मृतकहरुको शव दिनभरि स्थानीय स्वास्थ्य चौकीमा राखेर साँझ परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । परीक्षण सकिएपछि सोमबार सामूहिक दाहसंस्कार गरिने स्थानीय प्रभु गुरूङले जानकारी दिए । रासस

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया