गाउँपालिकाका अध्यक्ष शर्माको निधनप्रति दुःख व्यक्त

अन‌ि यो पनि

कावासोती । प्रतापपुर गाउँपालिकाको अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य राजकुमार शर्माको निधनप्रति नेपाली कांग्रेस नवलपुरले दुःख व्यक्त गरेको छ । कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद लामिछानेद्वारा विज्ञप्ति जारी गर्दै स्वर्गीय शर्माप्रति श्रद्वाञ्जली अर्पण तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

लोकतन्त्रको संस्थागत विकासका निम्ति उनले पु¥याएको योगदानको स्मरण गर्दै निष्ठावान्, मेहनती, लगनशील र जनताप्रति समर्पित एक होनहार युवा नेताको निधनले सिंगो नेपाली कांग्रेस शोकमा डुबेको सभापति लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको विपत्तिबाट आफ्नो पालिकालाई जोगाउन चौबिसै घन्टा अहोरात्र खटेको र सोही सिलसिलामै सदरमुकाममा विपद् समितिको बैठकका लागि जाँदै गर्दा सवारी दुर्घटनामा परी निधन भएका स्वर्गीय अध्यक्ष शर्माको यो शोकलाई शक्तिमा रुपान्तरण गर्न सक्ने प्रेरणा प्राप्त होस् भन्ने कामनासमेत गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया