उवासंघ–चितवनले सदस्यहरुको कोरोना बिमा गरिदिने

अन‌ि यो पनि

चितवन । उद्योग वाणिज्य संघ–चितवनले संघमा आवद्ध सदस्यहरुको कोरोना बिमा गरिदिने भएको छ ।

संघमा आवद्ध सदस्यहरुले असार मसान्तसम्मको सदस्यता नवीकरण गरेमा व्यवसायीहरुको ५० हजार रुपैयाँ बराबरको बिमा गरिदिने निर्णय भएको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

व्यवसायीले कोरोना संक्रमित भएको आरटी पिसिआर रिपोर्ट पेश गरेमा बिमाको रकम प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

साथै, संघले कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन उद्योग, व्यापार र व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्बन गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया