चितवनका २५७ पत्रकारको दुर्घटना बिमा

अन‌ि यो पनि

भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लाका सक्रिय पत्रकारहरुका लागि दुर्घटना बिमा गराएको छ। असार १ गतेबाट लागू हुनेगरी जिल्लाका २ सय ५७ जना पत्रकारहरुको सामूहिक दुर्घटना बिमा गरिएको महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए।

पत्रकारहरुको दुर्घटना बिमाको लागि कालिका नगरपालिकाले यसवर्ष एकलाख रुपैयाँ सहयोग गरेको उनले बताए। नगरपालिका र महासंघ जिल्ला शाखाबीच भएको सम्झौता पत्रमा नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र महासंघ शाखा अध्यक्ष राधेश्याम खतिवडाले हस्ताक्षर गरेका छन्।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया