अध्यक्ष शर्मा आफैंले गाडी चलाएका थिए

अन‌ि यो पनि

नवलपरासी। जिप दुर्घटनामा पश्चिचम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रममा उनी चढेका लु १ झ ३७० नम्बरको जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो । अस्पतालले नै उनको मृत्यु भएको घोषणा गरेको थियो ।

शर्माको मृत्यु भए पनि उनीसँगै सवार हरिला रज्जाक घाइते छन्। दुर्घटना हुँदा अध्यक्ष शर्मा आफैंले गाडी चलाएका थिए। घाइते रज्जाकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया