भारतबाट आएकाहरुमा कोरोना संक्रमण

अन‌ि यो पनि

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । जिल्लाभर ८२ जना संक्रमित देखिँदा जिल्लाभरको आधा संख्या नगरपालिकाको मात्रै रहेको छ ।

धादिङमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्दै गए पनि समुदायस्तरमा भने संक्रमण खासै देखिएको छैन । अधिकांश संक्रमित नेपाल भारत सीमा नाकासम्म पुगेर उद्धार गरी ल्याइएकाहरु नै रहेका छन् ।

लकडाउनको अवधिमा भारतका विभिन्न स्थानबाट सिमानासम्म आएपछि अलपत्र हुनपुगेका आफ्ना नागरिकलाई धादिङको नीलकण्ठ नगरपालिकाको साथै अन्य स्थानीय तहले निःशुल्क बसको व्यवस्था गरी उद्धार गरेर गाउँसम्म ल्याएका थिए ।

भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसिरहेकामध्ये नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँका डाइरेक्टर डा. सागरराज भण्डारीका अनुसार संक्रमितमध्ये ५ जना महिला र १८ जना पुरुष गरी २३ जना रहेका छन् ।

शनिवार पुष्टि भएका संक्रमितहरु सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाइनमा बसिरहेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं १ का २४, २६, ३५ वर्षीया महिला र २६, ३२, २९ वर्षीय पुरुष गरी ६ जना, वडा नं ४ का २३ वर्षीय पुरुष, वडा नं ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नं १४ का ३२, ३५ वर्षीय महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् ।

क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी टेस्टमा पोजेटिभ आएकाहरुको गत जेठ २९ गते स्बाब संकलन गरी पिसिआर परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार २३ जनाको रिर्पोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएसँगै नीलकण्ठ नगरपालिकामा संक्रमित हुनेको संख्या ४१ पुगेको छ ।

शनिबार साँझ सम्ममा जिल्लाभर कोरोना संक्रमित हुनेहरुको संख्या ८२ पुगेको छ । नीलकण्ठ पछि जिल्लाको ज्वालामुखीमा २७ जना, त्रिपुरासुन्दरीमा ७ जना, सिद्धलेकमा २ जना र नेत्रावती डबजोङ, गल्छी, थाँक्रे, धुनिबेँसी र गजुरीमा १÷१ जना संक्रमित भेटिएका छन् । संक्रमित देखिएकामध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया