भरतपुर अस्पतालमा सारिए २२ संक्रमित

अन‌ि यो पनि

भरतपुर । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइसोेलेसनमा बसेका सबै जनालाई भरतपुर अस्पतालमा सारिएको छ । दुई महिलासहित २२ जनालाई शनिबार साँझ ६ बजेको समयमा भरतपुर अस्पताल सारिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए ।

कोरोना संक्रमित पाजेटिभ भए पनि लक्षण नदेखिएकाहरु भरतपुरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । भनेजस्तो सबै सुविधा कोरोना विशेष अस्पतालमा नभएकाले सारिएको भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीले बताए । भरतपुर अस्पतालमा केही भए पनि राम्रो सुविधा भएकाले अब यतै सबै बिरामीको उपचार गर्ने गराउने गरी छलफल भएको उनले बताए ।

भरतपुर अस्पतालको क्षमताभन्दा बढी भएको अवस्थामा मात्रै कोरोना विशेष अस्पतालमा उपचार गर्ने गरी जिल्ला सल्लाहकार समितिको बैठक बसेर निर्णय गरिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए ।

जिल्ला सल्लाहकार समितिको शनिबारको बैठकको अध्यक्षता गरेका प्रदेश सांसद् कृष्णप्रसाद खनालले जिल्लामा एउटा होल्डिङ सेन्टर बनाउने निर्णय भएको जानकारी दिए । बाहिरबाट आएका नागरिकहरु कुन स्थानीय तहको हुन् र कहाँ पठाउने भन्ने सुरूमा अन्यौल हुने भएकाले होल्डिङ सेन्टर बनाउन लागिएको सांसद् खनालले बताए ।

स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय भएको छ । भरतपुर अस्पतालले शनिबार नै एक विज्ञप्ति निकालेर कोरोना विशेष अस्पतालबाट भरतपुर अस्पतालमा सारिने जानकारी गराएको थियो ।

मर्मत सुरू

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले कोरोना संक्रमित रहेकाले अस्पतालभित्र मर्मत गर्न नसकिएको बताए ।

‘समस्या देखियो अब शनिबारबाटै मर्मत सुरू भएको छ, बाथरूमको पानी आइसोलेसन वार्डमा आएको बारे प्रतिक्रिया दिँदै डा अधिकारीले भने, ‘भित्र संक्रमित हुँदाकै अवस्थामा मर्मत गर्न गाह्रो हुने भएकाले संक्रमितलाई भरतपुर अस्पतालमा सारेर काम अघि बढाइएको छ ।’

कोरोना विशेष अस्पतालमा पंखा, झुल नभएको र बाथरूमको पानी बगेर बेडसम्म आएको भनी भिडियो नै सार्वजनिक भएको थियो ।

संक्रमितले फेसबुक भिडियोमा देखाएअनुसार उनीहरुले प्रयोग गर्ने बाथरूमको पानी आइसोलेसन वार्डसम्म पुगेको छ । कोरोना संक्रमितहरुको उपचारका लागि भनेर चैत पहिलो हप्तामा नै भरतपुरमा कोरोना विशेष अस्पताल चितवन उद्योग संघको प्रदर्शनी भवनमा तयार पारिएको थियो ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...