खैरहनी नगरपालिका दुई चरणमा चल्ने

अन‌ि यो पनि

खैरहनी । खैरहनी नगरपालिका असार १ गतेदेखि दुई चरणमा चल्ने भएको छ । संघीय सरकारको निर्देशनअनुसार कोरोना जोखिमलाई मध्यनजर गर्दै दैनिक दुई चरणमा कार्यालय सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका मेयर, उपमेयरसहित शाखा प्रमुखहरुको बैठकले दैनिक बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एक चरण र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को चरणमा कार्यालय सञ्चालन हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषोतम शर्माले बताए ।

यो अवधिमा शिक्षा, स्वास्थ्य, योजना, कृषि, पशुसेवा, महिला तथा बालबालिका, राजस्व, वैदेशिक प्रयोजनका लागि कागजपत्रलगायतको काम हुने शर्माले जानकारी दिए ।

काम नरोकिने गरी कर्मचारी बाँडफाँड गरेर काम हुने उनले बताए । नगरपालिकाको कार्यालय दुई चरणमा सञ्चालन भए पनि वडा कार्यालय भने बिहान १० बजेदेखि ५ बजेसम्म पहिलेकै समयमा खुल्नेछ ।

खैरहनी नगरपालिकाले कोरोनाको जोखिमका कारण सेवा दिन आउने सेवाग्राहीलाई मास्क लगाउन अनिवार्य गरेको छ भने गेटमा सेनिटाइजरको व्यवस्थासमेत गरेको छ ।

मेयर लालमणि चौधरीले कोरोनाका कारण चालू आर्थिक वर्षमा समावेश गरिएको तालिम, गोष्ठी, सम्मानलगायतका सबै कार्यक्रम स्थगित गरेको बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया