स्वास्थ्य सामग्री हस्तान्तरण

अन‌ि यो पनि

कावासोती । नवलपुरको पहाडी बौंदीकाली र बुलिङटार गाउँपालिकालाई क्वारेनटाइन व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

नवलपरासीमा घर भएर जापान बस्दै आएका युवाहरुको संस्था नवलपरासी समाज जापानले एक लाख रूपैयाँ र नवलपुर समाज जापानले एक लाख सात हजार रकमबराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

उक्त रकमबाट चार सय थान बेड कभर, चार सय पिस, ब्याल्ङकेट १६० थान, म्याट चार रोल गण्डकी प्रदेश सांसद् विष्णुप्रसाद लामिछानेले दुई गाउँपालिकालाई हस्तान्तरण गरेका थिए ।

यसैगरी सांसद् लामिछानेले काठमाडौँमा रहेको करूणा फाउन्डेसन र क्रियसन पोसिविलिटीले उपलब्ध गराएको २४ सेट पिपिई, १६ वटा थर्मल गन, चार सय पिस एन–नाइन्टी मास्क, १० लिटर ह्यान्ड–सेनिटाइजर दुईवटा गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।

सांसद् लामिछानेले बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटी र बौदीकाली गाउँपालिकाका उपप्रमुख मायादेवी श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया