भरतपुर । एकीकृत नेकपा माओवादी भरतपुर–४ को वडा सम्मेलनले कमल आचार्यको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । बिहीबार सम्पन्न सम्मेलनले निर्विरोधरूपमा उपाध्यक्षमा शोभाखर चापागार्इं, सचिवमा लक्ष्मण श्रेष्ठलाई चयन गरेको छ ।
अध्यक्ष कमल आचार्यका अनुसार क्षेत्र नं. ३ का संयोजक घनश्याम दाहाल प्रमुख अतिथि रहनु भएको सम्मेलनले कमल आचार्य, शोभाखर चापागाईं, लक्ष्मण श्रेष्ठ, ईश्वर रेग्मी, दयानाथ दवाडी, जितबहादुर हमाल र पार्वती पाठकलाई जिल्ला प्रतिनिधि चयन गरेको छ । वडा ४ का संयोजक विजय हमालको अध्यक्षतामा सम्पन्न सम्मेलनमा बाबुराम खरेल निर्वाचन संयोजक रहनु भएको थियो ।
Discussion about this post